• होमपेज
  • बाजुरा बिशेष
  • प्रहरी खड्काले जोगाए ८० बर्षीया महिलाको ज्यान

प्रहरी खड्काले जोगाए ८० बर्षीया महिलाको ज्यान

  • बिहिबार, असार ५, २०७६
प्रहरी खड्काले जोगाए ८० बर्षीया महिलाको ज्यान

बडीमालिका खवर
बाजुरा, ५ असार
बडिमालिका नगरपालिका ९ बस्ने ८० बर्षकी लाली बिष्टलाइ प्रहरी सहायक निरिक्षक सुरेन्द्र खड्काले रगत दिएर ज्यान बचाएका छन् । लाली बिष्ट बुढो भई बिभिन्न बिरामले समातेपछी जिल्ला अस्पतालमा उपचारका लागी ल्याइएको थियो । ८० बर्षीया बृद्धलाइ ए पोजेटीभ रगतको अभाव भएको डाक्टरले बताएपछी उनका आफन्त रगतको खोजीमा दौडधुपमा लागे तर कतै नभेटीएपछी प्रहरीसंग सम्र्पक भयो आफन्तले बताए । जिल्ला प्रहरी कार्यालयमा प्रहरी सहायक निरिक्षक सुरेन्द्र खड्काको रगत मिलेपछी बृद्धा बिष्टको ज्यान जोगीएको आफन्तले बताएका छन् । जिल्ला अस्पतालमा आउने रगतको मात्रा कम भएकाहरुलाई जिल्ला स्थित नेपाल प्रहरी ससस्त्र प्रहरी र नेपाली सेनाले रगत दिने गरेको छ । ८० बर्षीय बृद्ध बिष्ट ६ दिन देखी जिल्ला अस्पतालमा बेडभर्ना गरिएको थियो रगतको अभाव भएर धेरै खोजी कतै नभेटीएपछी प्रहरीलाइ गुहार मागेको आफन्तले बताएका छन् । जिल्ला अस्पतालमा हरेक बिरामीका लागी प्रहरी र नेपाली सेना बरदान बनेका छन् । प्रहरी र सेना नभए रगत खोज्नै मुस्कील हुने थियो प्रहरी र सेनाले भनेको बेला तुरुन्तै रगत दिन आउछन जिल्ला अस्पताल बाजुराका डाक्टरहरुले बताउने गरेका छन् । प्रहरी सहायक निरीक्षक सुरेन्द्र खड्काले रगत दिदा बिरामी लाली बिष्टलाई धेरै सहयोग भएको जिल्ला अस्पताले बताएको छ । बाजुरा जिल्लामा नेपाली सेना शसस्त्र प्रहरी नेपाल प्रहरीले सुत्केरी र बिरामीलाई रगत दिएर ज्यान बचाउने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिकले बताए ।
बाजुरा जिल्लामा बलड बैङ्क नुहँदा सुत्केरी र विरामीलाई निकै समस्या भएको छ । आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाँउमा भएपनि बलोड बैङ्क नहुदा सुत्केरी र अन्य बिरामीलाई समस्या हुदै आएको छ । जिल्ला अस्पताल बाजुरामा आबश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवा र अप्रेशन सेवा सञ्चालनमा समेत समस्या भएको अस्पतालले बताएको छ । आकस्मिक रक्तसञ्चार भए पनि आबश्यक परेको बेला रगत दिने कोहि भेटिदैनन भने अर्कोतिर रगत समुह समेत नमिल्ने गरेको डा. बिकले बताए । रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त रगत समेत दिन नमान्ने गरेको डा. बिकको भनाइ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार