शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • खेलकुद
  • अफगानिस्तानविरुद्ध मोर्गनले बनाए नयाँ बिश्व रेकर्ड , बिराट कोहली आसपास छैनन्

अफगानिस्तानविरुद्ध मोर्गनले बनाए नयाँ बिश्व रेकर्ड , बिराट कोहली आसपास छैनन्

  • बिहिबार, असार ५, २०७६
अफगानिस्तानविरुद्ध मोर्गनले बनाए नयाँ बिश्व रेकर्ड , बिराट कोहली आसपास छैनन्

लन्डन : इङ्ल्यान्ड र वेल्समा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको खेलमा अहिले अफगानिस्तान र इङ्ल्यान्ड भिडिरहेका छन्। यो खेलमा इंग्ल्यान्डका कप्तान इयोन मोर्गन विश्व रेकर्ड राख्न सफल भएका छन् । उनले एकदिवसीय क्रिकेटमा सर्वाधिक छक्का नयाँ किर्तिमान बनाएका हुन् ।

अफगानिस्तानविरूद्ध जारी खेलमा मोर्गनले एक सय ४८ रन जोडे। मोर्गनले ७१ बलमा ४ चौका र सर्वाधिक १७ छक्का प्रहार गर्दै विश्व रेकर्ड राखे । यसअघि एकदिवसीय एकको एकै इनिङमा बढी रेकर्ड प्रहार गर्ने रेकर्ड भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स र वेस्ट इन्डिजका क्रिस गेलको नाममा थियो।

तीन जना खेलाडीले समान १६-१६ छक्का प्रहार गरेका थिए। मोर्गनले जारी विश्वकपकै सर्वाधिक कम बलमा सतक बनाउने कीर्तिमान पनि बनाएका छन्। करियरमा धेरै छक्का प्रहार गर्ने सूचीमा मोर्गन छैटौं स्थानमा उक्लेका छन् । उनको कुल २११ छक्का भएको छ ।

अफगानिस्तानलाई ३९८ रनको लक्ष्य

इंग्ल्याण्डले अफगानिस्तानलाई जितका लागि ३९८ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको फराकिलो स्कोर बनायो । इंग्ल्याण्डले बनाएको यो स्कोर जारी विश्वकपकै सर्वाधिक ठुलो स्कोर हो । इंग्ल्याण्डको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गरेको मोर्गनले ७१ बलमा १४८ रनको शतकीय इनिङ्स खेले । जसमा उनले १७ छक्का प्रहार गरे । जुन एकदिवसीय क्रिकेटको एकै इनिङ्समा एक खेलाडीले प्रहार गरेको सर्वाधिक छक्का हो ।

यस्तै जोय रुट र जोनी बेरस्टोले अर्धशतक बनाए । रुटले ८८ रन बनाउँदा बेरस्टो ९० रन जोडे । मोइन अली ३१ रनमा अविजित रहदा जेम्स भिन्सले २६ रन बनायो । अफगानिस्तानका डलाट जड्रान र गुल्बादीन नाइबले ३/३ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार