• होमपेज
  • समाचार
  • गुठी विधेयक विरुद्ध माइतीघरमा विशाल प्रदर्शन (फोटो फिचर)

गुठी विधेयक विरुद्ध माइतीघरमा विशाल प्रदर्शन (फोटो फिचर)

  • बुधबार, असार ४, २०७६
गुठी विधेयक विरुद्ध माइतीघरमा विशाल प्रदर्शन (फोटो फिचर)

काठमाडौं – चौतर्फी आलोचनापछि सरकारले फिर्ता भएको गुठी विधेयक विरुद्ध गुठीयारहरुले प्रदर्शन गरेका छन्। काठमाडौंका विभिन्न ठाउँबाट आएका हजारौं मानिसहरु माइती घर मण्डलामा जम्मा भएका छन्। 

असन, पाटन तथा बसन्तपुर लगायतका क्षेत्रबाट ठूलो संख्यामा आएको मानिसहरू माइती घरमा उर्लियोका हुन्। प्रदर्शनकारीले ‘गुठी विधेयक खारेज गर’,जस्ता नारा लगाएका छन्। प्रदर्शनका कारण सडकमा सवारी आवागमनमा समस्या भएको छ।

माइतीघर मण्डलामा गुठी विधयेकको बिरोधमा बिशाल प्रदर्शन भएको छ । सरकारले विधयेक फिर्ता लिएपनि खबरदारी गर्न भन्दै प्रदर्शन भएको हो । काठमाडौँको विभिन्न स्थानबाट र्याली गर्दै प्रदर्शनकारी हरु माइतीघर पुगेका थिए ।

बिरोधका कारण काठमाडौँ उपत्यका भरको ट्राफिक ब्यबस्था अस्तव्यस्त भएको छ । सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले त्यस क्षेत्रको सवारीसाधनलाई डाइभर्ट गरेको छ । डाइभर्जनपछि भित्री सडकमा चाप परेको छ ।

कहाँ जाने सवारी कता डाइभर्ट ?

१.सिंहदरबार पूर्वीगेटबाट आउने सवारी साधनलाई नयाँ बानेश्वर तर्फ पठाईएको छ ।
२.कुपण्डोलबाट माइतीघर हुँदै सिंहदरबार आउने सवारी साधनलाई करीडोरको बाटो पठाईएको छ ।
३.त्रिपुरेश्वरबाट आउने सवारी साधनलाई कालीमाटी तर्फ पठाईएको छ ।
४.नयाँ बानेश्वरबाट आउने सवारी साधनलाई शंखमुल तर्फ पठाईएको छ ।
५.पुरानो बसपार्कबाट सिंहदरबार हुँदै थापाथली र नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई पदमोदयमोडबाट डाईभर्सन गरिएको छ ।
६.भद्रकालीबाट आउने सवारी साधनलाई त्रिपुरेश्वर तर्फ पठाईएको छ ।
७.पुतलीसडक, सिंहदरबार हुँदै चल्ने सवारी साधनलाई न्यु प्लाजाबाट अनामनगर थापागाउँ हुँदै नयाँ बानेश्वरतर्फ चलाइएको छ

गुठी विधेयकविरुद्ध सडकमा रहेको संघर्ष समितिले प्रधानमन्त्रीले पत्रकार सम्मेलनका क्रममा व्यक्त गरेको भाषा अमर्यादित भएको भन्दै सडक प्रदर्शन तथा खबरदारी सभा आयोजना गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट नाराजुलुश गर्दै प्रदर्शनकारीहरु माइतीघर पुगेका छन् ।







चर्चामा

सम्बन्धित समाचार