मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • पारसकाे गुलावको फूल (गजल)

पारसकाे गुलावको फूल (गजल)

  • बुधबार, असार ४, २०७६
पारसकाे गुलावको फूल (गजल)

दुबै हातमा गुलाबकाे फूल बाेकेर नबाेलाउ ।

मान्छेले स‌का गर्छन बाटोमै राेकेर नबोलाउ ।।

बजारमा मीत्र भन्दा धेरै जसाे सत्रु भेटिन्छन्  ।

दाया बाया नहेरी मेरो नाम ताेकेर नबोलाउ ।।

तिमि आफूलाई मात्र बाठी ठान्छाै लाटी ।

थाहा पाउछन् ईसारा पनि खाेकेर नबोलाउ ।।

देब्रे आँखा नझिम्काउ यो मुटु ढुकढुक हुन्छ ।

मन थाम्न सक्दिन नी अोठ टाेकेर नबोलाउ ।।

म मात्र जीम्मेवार हुन्न है अहिले नै भन्दिया छु ।

तल माथि हुन सक्ला दैलो ठोकेर नबोलाउ ।।

पारस रावल

बुढिग‌गा नगरपालिका

बाजुरा

चर्चामा

सम्बन्धित समाचार