• होमपेज
  • समाचार
  • डोजर संस्कृति रोक्नुपर्छ : मन्त्री शाह

डोजर संस्कृति रोक्नुपर्छ : मन्त्री शाह

  • मङ्लबार, असार ३, २०७६
डोजर संस्कृति रोक्नुपर्छ : मन्त्री शाह
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले डोजर संस्कृति रोक्नुपर्ने बताएका छन् ।

खाद्य सुरक्षा सञ्जाल र याक नेपालको सहकार्यमा फियान नेपालले सोमबार धनगढीमा आयोजना गरेको ‘अव्यवस्थित सडक पुर्वाधार निर्माणले खाद्य सुरक्षा तथा जिविकोपार्जनमा पारेको असर सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल कार्यक्रममा मन्त्री शाहले त्यस्तो बताएका हुन् । उनले डोजर संस्कृतिले विकास भन्दा बिनास बढि भएको भन्दै मापदण्ड अनुसार मात्रै उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिए । सुशासन सम्बन्धी ऐन र पुर्वाधार विकास सम्बन्धी कानुनहरुलाई कडाईका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता मन्त्री शाहले जनाए ।
मन्त्री शाहले दीगो विकासका लागि मापदण्ड र कानुनको पालना आवश्यक रहेको बताए । उनले सरकारले मात्रै नभएर सरोकारवाला सबै मिलेर डोजर प्रयोग निरुत्साहित गर्नुपर्ने बताए । उनले पुर्वाधार विकास गर्दा क्षती कम हुने बाटो अपनाएर मात्रै खाद्य सम्प्रभूता कायम हुने बताए ।
आर्थिक समृद्धिका लागि शहरलाई गाउँ र गाउँलाई शहर बनाउन आवश्यक रहेको समेत मन्त्री शाहले बताए । उनले शहरमा प्रयोग गरिने रसायनयुक्त खाद्यान्न हटाई अर्गानिक खाद्यान्न प्रयोग बढाउनुपर्ने र गाउँमा विकासका पूर्वाधार पु¥याउनुपर्ने बताए । प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पुर्वाधार निर्देशनालयका निर्देशक ईञ्जिनियर प्रेमदत्त भट्टले डोजर चालकले नै प्राविधिक हुने परिपाटी हटाउने विषय उठान भएपनि रोक्न नसकिएको बताए । उनले प्रदेशका धेरै जसो स्थानीय तहमा ‘ननईञ्जिनियरिङ’ सडक धमाधम निर्माण भइरहेको बताए । ‘सडकलाई प्राथमिकीकरण गरेर मात्र निर्माण गर्नुपर्छ भनेर हामीले पटक पटक भनेका छौं,’ निर्देशक भट्टले भने, ‘तर कुनै पनि मापदण्ड पुरा नगरी सडक बनाउने प्रक्रिया जारी छ ।’
नेपाली कांग्रेसका प्रदेश सांसद् भरतबहादुर खड्काले राज्य नागरिक प्रति उत्तरदायी भई खाद्य सम्प्रभूता ऐन प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले पछिल्लो समयमा विकास विषाक्त हुँदै गएको टिप्पणी गरे । फियान नेपालका महासचिव सत्यराम त्वायानाका अध्यक्षतामा सम्पन्न कार्यक्रममा याक नेपालका निर्देशक डबल बमले सुदूरपश्चिम प्रदेशमा खाद्यअधिकार हनन् र असुरक्षा सम्बन्धी सवालका विषयमा प्रस्तुत गर्दै राज्यले उत्पादन असर पुग्ने खालका काम गर्न नहुने बताए । उनले प्रदेशमा खाद्य असुरक्षा बढ्दो क्रममा रहेको बताए । कार्यक्रममा प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवर, प्रदेश सांसद्हरु अक्कलबहादुर रावल, बलदेव रेग्मी, अमरबहादुर साउँद, मनाकुमारी साउँद, उमा वादी, अम्बी थापा, मालामती राना लगायत मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा र बाढी पहिरो प्रभावितहरुले छलफलमा सहभागिता थिए । खाद्य सुरक्षा सञ्जालका संयोजक तथा याक नेपालका अध्यक्ष बलबहादुर रोकायाले स्वागत गरेको कार्यक्रम सञ्चालन याक नेपालका देवी खनाले गरेका थिए । अनुमाेदन दैनिकमा याे समाचार छापीएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार