शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • एक महिनादेखी सदरमुकाममा खानेपानीको काकाकुल, सरोकारा निकाय मौन

एक महिनादेखी सदरमुकाममा खानेपानीको काकाकुल, सरोकारा निकाय मौन

  • मङ्लबार, असार ३, २०७६
एक महिनादेखी सदरमुकाममा खानेपानीको काकाकुल, सरोकारा निकाय मौन

बडीमालिका खवर
बाजुरा ३ असार
सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानी अयोजनाको पाइप सड्क निर्माणको बेला काटी दिएपछी सरमुकाममा खानेपानीको हाहाकार भएको छ । बाजुराको सदरमुकाम मार्तडीमा सडक निर्माण क्रममा खानेपानीको पाइप डोजर चलाएर छरपस्ट हुने गरी काटेर फालीदिएपछी केही दिन यता खानेपानीको चरम अभाव भएको हो । सदरमुकामसँगै जोडिएको बडीमालिका नगरपालिकाले मार्तडी झराउले रिङरोड बनाउन सडक निर्माणको क्रममा मुहानबाट आएको खानेपानी पाइपलाईन जथाभाबी काटेर फाल्दा उपभोक्ता खानेपानी समस्यामा परेको स्थानिय मदन बिकले बताए । नगरपालिकाले समयमै खानेपानी व्यवस्थापन गर्न नसक्दा सदरमुकाममा खानेपानीको चरम अभाव भएको उहाँले बताए ।
मार्तडीमा रहेको बृहत खानेपानीको पाइप डोजरले काटेर छेदबिछेद बनाए पछी खानोपानीको अभाव भएको खोपानी उपभोक्ता समितिका ब्यबस्थापक सुर्यकिरण बिकले बताए । खानेपानीको पाइपलाइन भएको ठाउँमा डोजर प्रयोग गरेर खानेपानीको पाइप समेत काटीदिएपछी जिल्ला सदरमुकाममा खानेपानीको हाहाकार भएको ब्यबस्थापक बिकले बताए । बडीमालिका नगरपालिकाले खानेपानी भन्दा पनी सडकलाई प्रथमिकता दिएको र खानेपानीको संरक्षणमा ध्यान नदिएका कारण खानेपानीको समस्या आएको उपभोक्ताको गुनासो रहेको छ । बडीमालिका नगरपालिकाको बजेटबाट सडक बिस्तार भयो तर खानोनीको लाइनमै सडक काटीनु भनेको दुखद बिषय रहेको खानेपानी उपभोक्ता समितिले बताएका छन् ।
सदरमुकाम मार्तडीमा यसरी खानेपानीको चरम अभाव भएपछि सदरमुकाममा बसोवास गर्ने करिव १७ हजार बढी जनसंख्या खानेपानी पिउनबाट बन्चित भएका हुन् । बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थापन गर्नकै लागि करोडौं खर्च गरिसकेको छ तर पनि सदरमुकाम मार्तडी बासीले खानेपानी प्रयाप्त मात्रामा उपभोग गर्न नपाएको स्थानीय उपभोक्ता तथा दलित अधिकारकर्मी गोरख सार्कीले बताए ।
सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएपछि एक गाग्री पानी ल्याउन यहाँका स्थानीयहरुले घण्टौँ सम्म समय बिताउनुपर्दा घरमा गर्नुपर्ने अन्य काम धन्दा गर्नको लागि निकै नै कठिनाइ हुने र यसले खासगरी यहाँका महिला र बालबालिकाको कार्यबोझ बढाएको अधिकारकर्मी शार्कीको भनाई रहेको छ ।
केही दिन यता सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएपछि सदरमुकामबासीले घन्टौसम्म लाइनमा बसेर एउटै धारोमा पानी भर्नु परेको र प्रयाप्त मात्रामा खानेपानी नपाईएको बडीमालिका नगरपालिका ९ कि झरना विकले गुनासो गर्नुभयो । बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थापनकै लागि करोडौं रकम खर्च गरिसकेको बताउँदै आएको छ । तर पनि सदरमुकाम मार्तडीबासीले प्रयाप्त मात्रामा खानेपानी उपभोग गर्न नपाएको बताउँदै आएका छन् । यता वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका व्यवस्थापक सुर्य्किरण विकले भने सदरमुकाम मार्तडीको खानेपानी यही असार मसान्त भित्र व्यवस्थापन गरिने छ । केही दिन यता सदरमुकाम मार्तडीमा खानेपानीको आंशिक अभाव देखिए पनि छिट्टै सदरमुकामबासीले प्रयाप्त मात्रामा खानेपानी उपभोग गर्न पाउने व्यवस्थापक विकलबताए ।
जिल्ला सदरमुकाम मार्तडीभित्र बडीमालिका नगरपालिका ८ र ९ नम्बर वडा पर्दछन । वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अनुसार खानेपानी उपभोग गर्नका लागि सदरमुकाम मार्तडीमा सरकारी तथा गैर सरकारी कार्यालय र स्थानीयहरु गरि झण्डै ४ सय बढी ग्राहकहरु बनेका छन् । जिल्लाको सदरमुकाम मार्तडी भएकै कारण सदरमुकाम मार्तडीमा जनसंख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ भने बडीमालिका नगरपालिकालाई सदरमुकाम मार्तडीमा खानेपानी प्रयाप्त मात्रामा उपलव्ध गराउन कठिनाई हुने देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार