• होमपेज
  • समाचार
  • बझाङमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या १० पुग्यो, दुई गाउँ शोकमा, एकै परिवारका ३ को मृत्यु

बझाङमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या १० पुग्यो, दुई गाउँ शोकमा, एकै परिवारका ३ को मृत्यु

  • मङ्लबार, असार ३, २०७६
बझाङमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या १० पुग्यो, दुई गाउँ शोकमा, एकै परिवारका ३ को मृत्यु

बझाङमा जीप दुर्घटना परी मृत्यु हुनेको संख्या १० पुगेको छ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालीका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा १० जनाको घटना स्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा परी ५ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बताए । घाइते ३ जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरुको उपचारका लागि 9 N AKD नम्बरको सीम्रीक एयर हेलिकोप्टर मार्फत नेपालगंज पठाइएको उनले बताए । घाइते अन्य २ जनाको जिल्ला अस्पताल सिमखेतका उपचार भैरहेको छ ।

दुर्घटनामा परी एकै गाउँका ७ जनाको मृत्यु भएको छ भने एकै परिवारका ३ जनाको मृत्यु भएको नेकपाका जिल्ला सदस्य तथा स्थानीय रामचन्द्र रोकायाले बताए । मष्टा गाँउपालिका वडा नम्बर १ कोटदेबलका ४० बर्षीय कलक खड्का, उनकी श्रीमती ४८ बर्षीया जुनधारा खड्का र उनका १२ बर्षीय छोरा सरोज खड्का रहेका छन् । यस्तै सोही गाँउका १९ बर्षीय हिक्मत खड्का, ५२ बर्षीया धौली देवि खड्काको समेत ज्यान गएको छ । यस्तै कोटदेबलकै १५ बर्षीया जुना खड्का, ८ बर्षीया विपना खड्काको समेत ज्यान गएको छ ।

दुर्घटनामा परी मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका ३० बर्षीय भक्त द्धाल र ३५ लक्ष्मी द्धालको समेत मृत्यु भएको वडा प्रहरी कार्यालयका सहि माहानन्द जोशीले बताए । उनका अनुसार चालक मष्टा गाँउपालिका वडा नम्बर १ जिनाडाका २२ बर्षका सुरेन्द्र थापाको समेत मृत्यु भएको छ ।

यस्तै घाईते हुने ३ जनालाई हेलिकोप्टर मार्फत नेपालगंज तर्फ लगिएको छ । तिनै जनाको अवस्था गम्भिर रहेको जिल्ला अस्पताल सिमखेतका डाक्टर सन्दिप ओखेडाले बताए । उनका अनुसार मष्टा गाउँपालिका वडा नम्बर १ का १२ बर्षीय गणेश खड्का, २३ बर्षीय गोकुल शाहि र ३३ बर्षीया जनक द्धाल गम्भिर घाइते रहेको र उनीहरुको टाउकोमा चोट लागेको डाक्टर ओखेडाको भनाई छ ।

यस्तै वडा नम्बर एक कै ३५ बर्षीया अनिता द्धाल, १५ बर्षीया संगीता खड्काको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको उनीहरुलाई समेत नेपालगंज रिफर गरिएको डाक्टर ओखेडाले बताए ।

मृतक सबैको सब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मष्टा गाँउपालिका वडा नम्बर १ शोकमा डुबेको छ । एकै वडाका १० जनाको मृत्यु भएपछि गाँउ नै शोकमा डुबेको हो । आईईए र ईआइए नगरी जथाभावी सडक कटानका कारण पछिल्लो समयमा सवारी दुर्घटना हुने दर बझाङ जिल्लामा बृद्धी भएको पाईएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीका अनुसार दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु, उकालो र साँघुरो बाटो फोर ह्वल फेल भएको कारणले जीप दुर्घटना भएको बताए । जीप सडकबाट झण्डै ४/५ सय मिटर तल खसेको उनको भनाई छ । सेती नदीमा पक्की पुल नभएका कारण काठे पुलको सहायताले केहि महिना अघि मात्रै सेती नदी पारी उक्त जीप लगायत ३।४ जीप मष्टा गाँउपालिकामा संचालनका लागी राखीएको थियो । उकालो सडक क्षमता भन्दा दोब्बर यात्रु हालेकै कारण जीप दुर्घटना भएको स्थानीय बासिन्दाले बताएका छन् ।
राजधानीडेलीबाट

चर्चामा

सम्बन्धित समाचार