• होमपेज
  • समाचार
  • बझाङमा जीप दुर्घटनाः मृतक ८ को सनाखत

बझाङमा जीप दुर्घटनाः मृतक ८ को सनाखत

  • सोमवार, असार २, २०७६
बझाङमा जीप दुर्घटनाः मृतक ८ को सनाखत

बझाङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाएका ९ जना मध्ये ८ को सनाखत भएको छ। जिल्ला सदरमुकाम चैनपुरको डुङग्रीबाट मष्टा जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठी भन्ने स्थानमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो भने ४ जना गम्भिर घाईते भएका थिए। दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाँउपालीका वडा नम्बर १ का कलक बहादुर खड्का, उनका एक छोरा, सोही ठाउँका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, चालक सुरेन्द्र थापा र लक्ष्मि द्धाल रहेको वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरिक्षक माहानन्द जोशिले बताए।

घाईतेहरुको उद्धार नाई एन एकेडी नम्बरको हेलीकप्टर मार्फत भईरहेको प्रहरीले जनाएको छ। घाईतेलाई उद्धार गरि नेपालगञ्ज लैजाने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जीप भीरमा खसेको र हावाहुरीसंगै पानी परिरहेकाले घाइतेहरूको उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसी सहितको टोली घटना स्थलतर्फ गएको छ।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार