• होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम सरकारले– “सानै छुँ म बढ्न देऊ, बाल विवाह होइन पढ्न देऊ“ अभियान चलाउने

सुदूरपश्चिम सरकारले– “सानै छुँ म बढ्न देऊ, बाल विवाह होइन पढ्न देऊ“ अभियान चलाउने

  • सोमवार, असार २, २०७६
सुदूरपश्चिम सरकारले– “सानै छुँ म बढ्न देऊ, बाल विवाह होइन पढ्न देऊ“ अभियान चलाउने

सुदूरपश्चिम प्रदेश सरकारले बाल विवाह अन्त्य गर्ने उद्देश्य सहित “सानै छँु म बढ्न देऊ, बाल विवाह होइन पढ्न देऊ“ अभियान सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले आज ल्याएको अगमाी आर्थिक वर्षको बजेटमा उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।

सरकारले प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी, सामाजिक संघ संस्था, आमा समूह, बाल क्लब समेतको संलग्नतामा अभियान सञ्चालन गरिने जनाएको छ। नमूनाको रुपमा बाजुरा र दार्चुला जिल्लाबाट अभियान सुरु गरिने बजेट वक्तव्य उल्लेख गरिएको छ। अभियानका लागि आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री झपट बहादुर बोहोराले जनाए।

चर्चामा

सम्बन्धित समाचार