• होमपेज
  • समाचार
  • राष्ट्रपति रनिङ शिल्ड खेल्न गएकी किशोरी २७ दिन देखि बेपत्ता

राष्ट्रपति रनिङ शिल्ड खेल्न गएकी किशोरी २७ दिन देखि बेपत्ता

  • आइतवार, असार १, २०७६
राष्ट्रपति रनिङ शिल्ड खेल्न गएकी किशोरी २७ दिन देखि बेपत्ता

नहकुल जोशी
बाजुरा १, असार
बाजुराको हिमाली गाउँपालिका वडा नं एककी एक किशोरी २७ दिन यता बेपत्ता भएकी छिन । हिमाली गाउँपालिका वडा नं एक बस्ने बाँचकला भण्डारीकी १६ बर्षिया छोरी बासमति भण्डारी २७ दिन यता बेपत्ता अवस्थामा रहेको आफन्तले बताएका छन ।
गत जेठ ७ गते हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता खेल्न आएकी भण्डारी बेपत्ता हुदा विद्यालयले समेत खोजी नगरेको आफन्तले बताएका छन । वडा नं एकको विच्छ्या माविमा कक्षा नौ मा अध्ययनरत भण्डारी सटफूट खेल खेल्नका लागि गाउँपालिकाको केन्द्र धुलाचौर आएकी थिइन ।
विद्यालयका प्रधानाध्यापक गोरखबहादुर बोहोरा सहित तीन जना शिक्षकहरु समेत सो विद्यालयका विद्यार्थी लिएर धुलाचौर आएका भए पनि सो विद्यालयकी विद्यार्थी भण्डारी हाल सम्म कहाँ छन भन्नेकुरा पत्ता नलागेको आमा बाँचकला भण्डारीले बताइन ।
बासमती भण्डारीका दाई जोग बहादुर भण्डारीले आफूहरुले बासमति हराएको कुरा प्रहरीलाई पनि खवर गरेको भए पनि हाल सम्म केहि पत्ता नलाग्दा आफूहरु चिन्ता जनक अवस्थामा रहेको बताएका छन । अस्थाई प्रहरी चौकी धुलाचौरका प्रहरी सहायक निरीक्षक दीलिप सिह महराले उनी हराएको खवर हामीकहाँ आएर सो खवर जिल्ला प्रहरीमा समेत गरिदिएको बताएका छन् । उनले हाल जिल्लाबाट कुनै खवर प्राप्त हुन नसकेको र आफूहरुले पनि स्थानिय स्तरमा ठाँउ ठाउँमा खवर गरी खोजी कार्य निरन्तर रुपमा भै रहेको बताएका छन । छोरी बासमतीको २६ दिन सम्मपनि अत्तो पत्तो नलागेपछि आमा बाँचकला भण्डारीले खोजी गरीदिन स्थानिय प्रशासनलाई गुहारेकी छन ।

चर्चामा

सम्बन्धित समाचार