• होमपेज
  • देश/प्रदेश
  • ५९ जना हाईड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया

५९ जना हाईड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया

  • आइतवार, असार १, २०७६
५९ जना हाईड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया

धनगढी उप–महानगरपालिकाले उर्मा र फुलबारी क्षेत्रका ५९ जना हाईड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ ।
उप–महानगरपालिकाले जेठ २५, २७ र ३२ गते आयोजना गरेको हाईड्रोसिलका बिरामीका लागि आयोजना गरेको शिविरमा शल्यक्रिया गरेको हो । धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अनुसार फुलबारी, उर्मा र बेलीमा गरी तीन वटा स्थानमा हाईड्रोसिलका बिरामीको लागि सिविर संचालन गरिएको थियो । जस मध्य फुलबारीको शिविरमा २१ जना, उर्मामा २१ र बेलीमा १७ जनाको सल्यक्रिया गरिएको छ । शिविरबाट ३ सय १ जनाले सेवा लिएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य संयोजक डा. खगेन्द्र बलमे बताउनु भयो । धनगढी उपमहानगरपालिकाका ग्रामीण थारु वस्तिहरुमा हाईड्रोसिल संक्रमण बढी रहेकाले यसलाई विशेष अभियान मार्फत निर्मुलीकरणका कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ ।

1

शनिवार हाईड्रोसिलका बिरामी शल्यक्रिया शिविरको समापन गर्दै नगरप्रमुख वडले अहिले पनि लाजका कारण यौन अङ्गमा देखिने बिरामी पालेर राख्नेहरुको संख्य धेरै रहेको बताए । धनगढी उप–महानगरपालिकाले आउने आर्थिक बर्षमा सबै वडामा हाईड्रोसिलका बिरामीका लागि शिविर चलाउने गरि योजना ल्याउने बताए ।

1

थारु समुदायमा लामो समय देखि हाईड्रोसिलका बिरामीहरु रोग पालेर बसेका फेला परे धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र बमले भने, हामीले कल्पना गरेको भन्दा धेरै बिरामी भेटिए । मायाँ मेट्रो अस्पतालका बरिष्ठ सर्जन बिनय तिमिल्सेनाले बिरामीको सल्यक्रिया गरेका थिए । उनले क्रोनिक अबस्थाका बिरामी बढी फेला गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार