शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • दुर्गमको नमुना टाँटे स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्दै

दुर्गमको नमुना टाँटे स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्दै

  • आइतवार, असार १, २०७६
दुर्गमको नमुना टाँटे स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्दै

बडिमालिका समचार
जेठ, ३२ बाजुरा
देशकै नमुना स्वास्थ्य चौकी टाँटे स्वास्थ्य चौकी अब १५ शैयाको अस्पताल हुने भएको छ । बाजुरा जिल्लाको बुढिगंगा नगरापालिकामा रहेको टाँटे स्वास्थ्य चौकी दुर्गममै नमुना स्वास्थ्य चौकीका रुपमा स्थापित भएको छ ।
पटक पटक स्वास्थ्य चौकी बाट अस्पताल बनाउनका लागि पहल भएपनि बल्ल सरकारले निर्णय गरेको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले वताएका छन् । ६ महिना पहिला सरकारले देशभरी २ सय १७ स्वास्थ्य चौकी स्तोरउन्नतीका लागि घोषणा गरेको थियो । तर टाँटे स्वास्थ्य चौकीको स्तोरउन्नतीको लागि सरकारले वास्ता नगरेपछि मन्त्रालयमा, बिभाग, प्रदेश र केन्द्रिय सरकारलाइ पहल गर्दा १५ शैयाको अस्पताल बन्ने निर्णय भएको नगर प्रमुख दिपक बिक्रम शाहले वताएका छन् ।
टाँटे स्वास्थ्य चौकी धेरै पहल गरेपछि बल्ल अस्पताल बनेको छ । टाँटे स्वास्थ्य चौकिमा अहिले भौतिक पुर्वाधार अस्पताल सञ्चालन गर्न सक्ने रहेको छ, सरकारले पहिला संरचना बनाएर मात्र सेवा सञ्चालनमा ल्याउने भनेको छ, तर हाम्रो अपेक्षा अहिले बाट नै अस्पातलले दिने सेवा सुचारु गरे राम्रो हुने नगरप्रमुख शाहले वताए ।
स्वास्थ्य चौकीको स्तरउन्नोतिका लागि लामो समय देखी पहल गरयौ, बल्ल अस्पताल बन्न लागेको बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले वताए । धेरै पटक काठमाडौ धायौ, अहिले अस्पताल बनाउन सफल भएको शाहले थपे । अस्पताल बन्ने भएपछि बाजुराको तल्लो भेगका बासिन्दालाई ठुलो सहयोग पुग्ने उनले वताए । यो भेगमा अस्पताल नहुँदा अछामको बयलपाटा पुग्नु पर्ने बाध्यता रहेको छ, अब केही समयमा त्यसको अन्त्य हुने नगरपालिकाले जनाएको छ ।
टाँटे स्वास्थ्य चौकीले दिने सेवा सुबिधा भन्दा पनि अन्य सेवा दिदै पहाडि जिल्लाको हकमा नमुना स्वास्थ्य चौकीको रुपमा रहेको  स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । २०२० सालमा स्थापना भएको टाँटे स्वास्थ्य चौकीमा प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सञ्चालन गर्दै आएको छ । स्वास्थ्य चौकीले दिने सेवा भन्दा आकस्मिक रुक्क्तसञ्चार सेवा, एक्सरे सेवा, इर्मेजेन्सि सेवा, ल्याब सेवा र बिरामी भर्ना गरेर उपचार गर्दै आएको स्वास्थ्य कार्यालयले वताएकाे छ । टाँटे स्वास्थ्य चौकीले दिएको सेवा हिमाली तथा पहाडि जिल्लामा उत्कृष्ट रहेको छ । त्यो सेवा सञ्चालनमा आफै ब्यबस्थापन गरेको बताइएकाे छ ।
स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा, भिसिटि केन्द्र, ओसिटि सेवा समेत सञ्चालन गर्दै आएको छ । स्वास्थ्य चौकीको कार्यक्षेत्रमा थप प्रसुति केन्द्र स्थापना गरेर सेवा दिइरहेको वताए । सरकारी दरबिन्द भन्दा बाहेक सबै ब्यबस्थापन स्वास्थ्य चौकीले नै गरीरहेको स्वास्थ्य संयोजक दिपक शाहले वताए ।

चर्चामा

सम्बन्धित समाचार