बडीमालिका खवर
बाजुरा ३२ जेठ
खाद्य अधिकार हननका सवनल सम्बन्धि सञ्चारकर्मीसंग छलफल गरिएकाे छ । जिल्ला खाद्य अधिकार संजाल बाजुराकाे अायाेजनामा साे कार्यक्रमकाे अायाेजना गरिएकाे हाे । जिल्लामा खाद्य अधिकारका सवाल के हुन सक्छन भन्ने बिषयमा छलफल गरिएकाे जिल्ला खाद्य अधिकार संजालका अध्यक्ष मदन जाेशीले बताएका छन् । जिल्लामा खाद्यका विभिन्न सवालमा काम गर्दै अाएकाे संजालले बेला बेलामा खाद्य अधिकारका सवालमा काम गर्दै अाएकाे अध्यक्ष जाेशीले बताए । संचारकर्मीहरू संगकाे छलफल कार्यक्रममा जिल्लाका खाद्य सम्पर्भुता र खाद्य अधिकारका सवाल उठाउन र खाद्य अधिकारका बारेमा लेख्न अभिमुखीकरण कार्यक्रमकाे अायाेजना गरिएकाे फियान नेपालले बताएकाे छ। फियान नेपालकाे अार्थिक सहयाेग तथा जिल्ला खाद्य अधिकार संजाल बाजुराकाे अायाेजनामा कार्यक्रमकाे अायाेजना गरिएकाे संजालले बताएकाे छ । संजालका अध्यक्ष मदन जाेशीकाे अध्यक्षतामा संचालन गरिएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिहं लगायत जिल्लामा कृयाशिल २० जना भन्दा बढी पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे । कार्यक्रमकाे संचालन संजालका सदस्य लक्ष्मीराज पाध्यायले गरेकाे कार्यक्रमकाे सहजिकरण पत्रकार महासघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिहं र पत्रकार कृष्ण अाेलीले गरेकाे अायाेजकले बताएकाे छ ।
संजालले खाद्य अधिकार हननका सवालमा बिगत लामाे समयदेखी जिल्लामा काम गर्दै अाएकाे छ ।