प्रकाश सिंह
बाजुरा, ३० जेठ
आर्थिक बर्ष ०७४।०७५ मा बाजुरा जिल्लाका ९ वटा स्थानिय तहमा १६ करोड २७ लाख २२ हजार २ सय ५७ रुपैया बेरुजो रहेको छ । बडिमालिका खबरले बिभिन्न प्रमाण अध्ययन गर्दा यसरी अनियमित भइरहेको खुलाशा गरेको छ ।
हिमाली गाँउपालिका ६ भेडेमुल खानेपानि लाखौ अनियिमति भएको पाईएको छ । बिल र नाँपि किताब कम देखाएको तर भुक्तानि बढि भएको त्यस्तै ढुवानीमा धेरै देखाएर अनियमित गरेको पाईएको छ । भेडेमुल देखी धिम खानेपानी आयोजना निर्माणमा २७ लाख ८ हजार ६ सय ६३ अनियमित भएको देखाएको छ । कोल्टि देखी गाँउसम्म प्रतिकेजी दररेट अनुसार खच्चर र मानिसले २५ रुपैया राखेको भएपनि बिल भपाईमा प्रतिकेजी १ सय राखि २२ लाख ६२ हजार अनियमित गरेको पाईएको छ, त्यस्तै बिल भपाई अनुसार ३४ लाख ५४ हजार ८ सय ७० भुक्तानि गर्नुपर्नेमा ३८ लाख ८८ हजार ७ सय ७३ गरेकोले अनियमित भएको देखाएको छ । उक्क्त योजनामा ९३ लाख २३ हजार १ सय ८३ गाँउपालिकाले भुक्तानि गरेको छ ।
बुढिन्नदा नगरपालिकामा प्राबिधिक मुल्याङ्कन भन्दा बढि भुक्तानि दिएको छ । मार्तडी कोल्टि सड्कमा १ लाख ४२ हजार ५ सय, बहालजैलु खानेपानि योजनामा १ लाख ५९ हजार ६८, खापर आधारभुत्त बिद्यालयमा फिल्ड निर्माण ३३ हजार ७ सय ८२ भुक्तानि दिएको पाईएको छ । खुल्मीगाढ लघुजलबिद्युक्तमा बिल भपाई नापि किताब भन्दा ४ लाख १४ हजार ४ सय ७८ अनियमित भएको छ । त्यस्तै लमालवाडा खानेपानि आयोजनमा १ लाख ८७ हजार ६० अनियमित भएको देखाएको छ । नगरपालिकाले आधारभुत्त तहका शिक्षकहरको जेष्ठ महिनाको तलब भत्ता पेरोलको आधारमा ३२ लाख ९५ हजार ८ सय भुक्तानि गनुपर्नेमा ३५ लाख ४१ हजार ८ सय ८९ भुक्तानि गरि २ लाख ४६ हजार ८९ रुपैया अनियमित भएको देखाएको छ । नगरपालिकाले बिल भपाई बेगर ७७ हजार ४ सय १७ निकाशा गरेको छ ।
त्यस्तै बुढिन्नदा नगरपालिकाले नगरपालिकाले लागत स्टमेट कुनै नबनाई सिधै ९ वटा योजनामा २३ लाख ३४ हजार ३० रुपैया भुक्तानि दिइएको छ । यो काम भएको कुनै आधार मान्न नसकिने भएकाले अनियमित भएको जनाएको छ । त्रिबेणी नगरपालिका वडा नम्बर ३ स्थित पुर्भुता सड्क निर्माणमा २२ लाख २६ हजार ५ १० बिनियोजन गरेको थियो । उपभोक्ता समितिले काम गर्दा इष्टिमेट हेभी मेसिन प्रयोग गर्ने गरि गरेको सोही अनुसार डोजर पनि प्रयोग भएको छ, तर उपभोक्तालाई म्यानुअलका दरले भुक्तानि गरेकोले डोजेर र म्यानुयलको दरमा फरक हुने रकम १६ लाख २० हजार ८ सय ४३ असुल गर्न महालेखाको प्रतिबेदनमा जनाएको छ । त्यस्तै ग्रामिण जलश्रोत ब्यबस्थापन परियोजनमा ४ वटा योजनामा रकम भन्दा बढि खर्च १० लाख १ हजार १ सय ९९ रकम अनियमित भएको देखिन्छ । यो अनियमित भएको रिपोटमा जनाएको छ । त्यस्तै गौमुल गाँउपालिकामा बिल भरपाई बेगर ७३ हजार ७ सय ४५ रकम निकाशा भएको जनाएको छ ।
बडिमालिका नगरपालिका बृहत मार्तडी खानेपानिको संरचना निर्माणमा बिल भपाई भन्दा बढि भुक्तानि भएको देखाएको छ । ३३ लाख २४ हजार ४ सय आठ भुक्तानि गर्नुपर्नेमा ३४ लाख १९ हजार २ सय २४ भुक्तानि गरेको पाईएको छ । नगरपालिकाले ९४ हजार ८ सय १६ बढि दिएको असुल गर्नुपर्ने निर्देशन दिएको छ । त्यस्तै स्वाकिकार्तिक खापर गाँउपालिका योजनामा कम भुक्तानि गनुपर्नेमा बढि भुक्तानि गरेको देखाएको छ । बिभिन्न ७ वटा योजनामा १ लाख १४ हजार ९ सय ८३ बढि निकाशा दिएको पाईएको छ । गाँउपालिकाले बैठेकमा उपस्थित बेगर १७ जनालाई बिभिन्न मितिमा ५१ हजार भुक्तानि गरेको छ । नेपाल दलित मञ्च बाजुरालाई कार्यक्रम गरे बाफत ६५ हजार बढि भुक्तानि दिएको पाईएको छ ।
स्वामिकार्तिक खापर गाँउपालिका अन्तर्गत कर्णाली रोजगार कार्यक्रममा नापि किताब अनुसार भन्दा बढि पैशा भुक्तानि दिएको छ । ४ वटा योजनामा ७० हजार १ सय ९१ फिर्ता गर्नुपर्ने देखाएको छ ।
सोही गाँउपालिका ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनाको तुसार खानेपानि तथा सरसफाई उपभोक्ता समितिले ३ लाख ३१ हजार ११ बढि भुक्तानि गरेको जनाएको छ । कार्यलय र उपभोक्ता समिति बिच भएको स्म्झौता अनुसार उपभोक्ताको योगदान २६ प्रतिशत कार्यलयको ७४ प्रतिशत रहेको थियो । तर नापि किताबमा २२ लाख १७ हजार ४ सय १६ कामको मुल्याङ्कन भएको छ । सोको ७४ प्रतिशत १६ लाख ४० हजार ८ सय ८८ पेश्की फछ्यौट गर्नुपर्नेमा १९ लाख ७८ हजार ९ सय पेश्की फछ्यौट भएकाले ३ लाख ३१ हजार ११ असुल गर्नुपर्ने जनाएको छ ।
जगन्नाथ गाँउपालिकामा विहार डाँडा खानेपानीमा कामको आधारमा भन्दा २५ हजार बढि भुक्तानि दिईएको छ । १८ लाख ३ हजार ७ सय ५० भुक्तानि दिनुपर्नेमा १८ लाख २८ हजार ७ सय ५० भुक्तानि दिएको छ । हिउँदे र बर्षे फलफुलहरु अनुदान बितरण कार्यक्रममा ५० प्रतिशत मात्र अनुदान दिनुपर्ने तर १ सय प्रतिशत अनुदान दिएकाले कर्मचारी मंगल प्रसाद पाध्याय बाट १ लाख ३३ हजार ४ सय ९ असुल गर्ने निर्देशन दिएको छ । स्थानिय तहमा महालेखाले करोडौ रकम भष्ट्रचार भएको प्रमाणित गरेको छ, अर्को अशुल गर्नुपर्ने बताएको भएपनि कतै बाट अशुल गर्न पहल कदमी भएको छैन् । महालेखाले बेरुजो देखाउदै जाने तर अशुल भने नहुने गरेको पाईएको छ ।