• होमपेज
  • समाचार
  • बझाङमा जीप दुर्घटना, तीन घाइते

बझाङमा जीप दुर्घटना, तीन घाइते

  • बुधबार, जेष्ठ २९, २०७६
बझाङमा जीप दुर्घटना, तीन घाइते

बझाङ, जेठ २९ । बझाङको बुङ्गल नगरपालिका वडा नं ९ बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेरदेउलीकोट तर्फ जादै गरेको से १ ज ५९९ नम्बरको जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परि तिन जना यात्रु घाइते भएका छन् ।

घाईते हुर्नेमा बुगल नगरपालिका वडा नम्बर ३ का जीप चालक लक्ष्मण धामी, कर्ण बहादुर धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा रहेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसिले बताए । घाईतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको डिएपि केसिले बताए ।

साभार सुदुरखबर बाट

चर्चामा

सम्बन्धित समाचार