• होमपेज
  • देश/प्रदेश
  • डडेल्धुरामा चट्याङ लागेर बालिकाको मृत्यु, तीन घाइते

डडेल्धुरामा चट्याङ लागेर बालिकाको मृत्यु, तीन घाइते

  • बुधबार, जेष्ठ २९, २०७६
डडेल्धुरामा चट्याङ लागेर बालिकाको मृत्यु, तीन घाइते

डडेल्धुरा २९ जेठ । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया संगीता भाट रहेकी छन्।

बुधबार बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पलाल ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

बिहान ७ बजेतिर विद्यालय जानको लागि तयारी गरिरहेको बेला उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए। संगीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन्।

प्रहरी निरिक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीनजना घाइते भएका छन्। घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन्। मीना मृतक संगीताकी दिदी हुन्। घाइते मध्ये भरतको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार