राजेन्द्र बिक
बाजुरा २८ जेठ
सदरमुकाम मार्तडी बाट आधा घण्टाको पैदल यात्रा मा रहेको जनप्रकाश आधारभुत बिद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला बिद्यालय नजाने गरेको पाइएकोे छ । बिद्यालय नजिकै रतुडिमाडु देवताको मन्दिर रहेकोले महिनावारी हुंदा देउता लाग्ने डरले शिक्षिकाहरु बिदालय नजाने गरेको पाइएको हो । देउता रिउसाउने डरले बिद्यालयमा आउदैनन् स्थानीय जय बहादुर ऐडीले बताए । ऐडीका अनुसार पुराना पुस्ताका बुढापाका ले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरुले यसको बेला बेला बिरोध गरेपनी शिक्षिकाहरुले यो कुरालाइ नमानेको गुनासो गरेका छन् ।
बडिमालिका नगरपालिका वडा न. ८ रतुडा स्थित जनप्रकाश आधारभुत बिद्यालयको स्थापना २०५१ सालमा भएको थियो । स्थापनाकाल देखी अहिले सम्म यो प्रथा चलीआएकोले बिद्यार्थिहरु यसको प्रत्यक्ष मारमा परेको प्रधानाध्यापक प्रकाश ऐडीले बताए । कहिलेकाही आफु तालिम , गोस्ठी ,बैठक लगायतका कार्यक्रममा गएकै बेला दुबैजना शिक्षिकाहरु कहिलेकाही एकै पटक महिनावारी हुंदा स्कुल ठप्प रहने गरेको प्रधानाध्यापक ऐडीले बताए । आफुले यो प्रथा गलत रहेको भन्दै महिनावारी भएको बेला शिक्षिकाहरुलाई बिद्यालयले बिदा नदिने निर्णय गरिसकेको भए पनि उनिहरुले नमान्ने गरेको बताए । एक पुरुष र दुई महिला शिक्षक रहेको यो बिद्यालयमा प्रारम्भिक बालबिकास केन्द्र देखी कक्षा ३ सम्म संचालित छ । हाल १८ जनाको संख्यामा विद्यार्थीहरु अध्ययन गरिरहेका छ्न् । मेडम किन स्कुल आउनु भएन भनेर सोद्धा छाउ(महिनाबारी) भएर आउनु भएन कक्षा ३ मा अध्यानरत छात्र अर्जुन ऐडीले भने । आफुले पहिले देखिनै मानि आएको परम्परा एक्कासि छोड्न नसक्ने हुंदा महिनावारी भएको बेला पढाउन स्कुलकै छेउमा एक सामान्य छाप्रो लगाइदिए आफुहरु शिक्षण गराउन सक्ने शिक्षिका निरा बिस्टले बताईन । महिनावारी हुंदा कम्तिमा चार दिन सम्म स्कुलमा आउदैनौ उनले बताईन । अन्यथा आफु जागीर छोड्न सक्छु यो परम्परा तोड्न सक्दैनौँ हामिलाइ देउताको डर लाग्छ उनले थपिन ।
यस्तो कुसंस्कार लाइ छोड्न नसक्ने शिक्षिकाले बालबालिका हरुको भबिश्य लाइ कसरी उज्ज्वल बनाउन सक्छन चौतर्फी प्रश्न उठ्न थालेको छ । आफुलाइ यो बिषय मा जानकारी छैन बुझेर कुरा गर्छु उक्त वडा का वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् । पश्चिम् नेपालका धेरै दुरदराजका ठाउँमा अवस्थित बिद्यालयमा अन्धबिश्वास र अशिक्षाका कारण छाउपडी प्रथा कु प्रथाको रुपमा रहिआएको छ ।