• होमपेज
  • मनोरञ्जन
  • रबि ओड र अस्मिता अधिकारीको स्वरमा “हामी किसानी” सार्वजनिक (भिडियो सहित)

रबि ओड र अस्मिता अधिकारीको स्वरमा “हामी किसानी” सार्वजनिक (भिडियो सहित)

  • मङ्लबार, जेष्ठ २८, २०७६
रबि ओड र अस्मिता अधिकारीको स्वरमा  “हामी किसानी” सार्वजनिक (भिडियो सहित)

काठमाडौं जेठ २७ । गीतकार गोकर्ण रुपाखेती शर्माको हामी किसानी युटुवमार्फत सार्वजनिक गरिएको छ । रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । नेपाल आईडलका विजेता रवी ओड र प्रतिष्पर्धि अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छन् । काठमाण्डौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा छायांकन तथा सम्पादन राजन खरेलको रहेको छ भने माधव राज खरेलको निर्देशन रहेको छ । भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन थापा लगायतका कलाकारहरु देख्न सकिन्छ ।

उक्त गीतमा गीतकार रुपाखेती शर्माले गाउ छोडेर विदेशीने युवाहरुलाई स्वदेशमै परिश्रम गर्न र कृषि, पसुपालन लगायतका व्यवसायलाई प्रवर्दन गर्न प्रोत्साहीत गरेका छन् । पछिल्लो समय सम्पुर्ण नेपाली युवाहरु गाउ छोडेर खाडी मुलुकमा पसिना बगाउने गर्दछन् तर आफ्नै जमिन गाउमा बाझो हुदै गएको छ ।

गाँउ घरमा बृद्ध बृद्धा तथा वालवालीका मात्रै रहेको यथार्थलाई प्रस्तुत गर्दै गीतकारले भनेका छन् सबै मिलेर सामुहीक तथा आधुनिक खेती प्रणाली सुरु गरेमा विदेशी भुमीमा पसिना बगाउन नपर्ने बताएका छन् । मिहेनत गरेमा आफ्नै माटोमा मोती फलाउन सकिने र सुखी जिवन विताउन सकिने कुरालाई गीतकार रुपाखेती शर्माले गीत मार्फत बताएका छन् ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=zKOLCsqkyfs

चर्चामा

सम्बन्धित समाचार