• होमपेज
  • कला /साहित्य
  • कविता : नेपाल चेत

कविता : नेपाल चेत

  • सोमवार, जेष्ठ २७, २०७६
कविता : नेपाल चेत

कविता : नेपाल चेत

  • दयाल बहादुर शाही

सुस्माले भन्दा नि बढी सेराउने रे
देश र लोकतन्त्रलाइ घेराउने रे
अस्थिरताको मनसुन सुरू भयो किन
तँलाई मालुम छ कि यो कुरा मन ?

।।१।।

सके नेपाल नै जयशंकर पार्ने
नसके ओली आँटको पारो ह्वातै झार्ने
जयशंकरलाइ साउथ ब्लक थमाइयो किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।२।।

यता पद पाए मात्र हँशिला खुशिला
पदहीनको अमिलोबाट लजाए अमिला
दुःखी आत्मा भड्किरहन्छन् किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।३।।

सेनापति काण्डको हुन्न रे कहिलै संझना
प्रचण्डको निधारमा सँधै चिडचिड पसिना
भविष्य उज्यालो भए पनि बिश्वास जाग्दैन किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।४।।

विद्वानको गालीभन्दा मुर्खको प्रशंसा मिठो
अस्थिर समर्थकले पारेथे धुलोपिठो
तैपनि बेचैनी बढ्दै छ यो किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।५।।

छपन्न सालमा जिरो सिटेले रोजगार दियो रे
अहिले हिरो सिटेले बेरोजगार बनाइलियो रे
उपप्रधानमन्त्री पाए मात्र गौतम खुशी किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।६।।

पदमा नहुँदा एक व्यक्ति एक पद भनिएन
गुटवाजभन्दा ओलीलाइ केही देखिएन
एक व्यक्ति एक पदको मादल घन्कियो किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।७।।

सहकर्मीका लागि काँध थाप्तै बित्यो जीवन
सीपी, जेएन, मदन, माधव र मनमोहन
आज सर्वसत्तावादी भनिदैछ किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।८।।

पार्टी प्रमुख नभए पनि मोदीको प्रतिभा चिनियो
यता ओलीलाइ रोक्न हदैसम्म निष्ठुर बनियो
अहिले मोदी र अमित शाहको उदाहरण किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।९।।

सीपी र वामदेव थाके माधव झलनाथ खनिने
सुशील र देउबा पनि ओलीदेखि नै बम्किने
दाहाल र देउबाको मोर्चा बन्योथ्यो किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।१०।।

घरमा बाघ बनमा काग हुनेको भिडमा
एमालेमा ओली र भाजपा मोदीको उदय
इतिहासको आवश्यक्ता ठानिदैन किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।११।।

पुटिनमय रूस जिनपिनमय आधुनिक चीन
मोदीमय भारत र ओलीमय नेपाल
एशियाको यो जीवित सत्यलाइ चुनौती किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।१२।।

कार्यकर्ताले हाने निर्णय न्याय र निसाफ
ओली रोक्नेको चुनाबमा भयो पत्तासाफ
त्यो तागतसँग फेरि खेलबाड किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।१३।।

बनाइछाड्न झुलबाहिरको लामखुट्टे
अस्थिरताको लागि फेरि भयो मरिहत्ते
वीपी, जीपीपछि केपी नै तारो किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।१४।।

नेकपाको फुटमा धेरैको भाग्य चम्कियो हिजो
अहिलै सुनकुखुरीको गला रेट्ने हतारो देखियो
धैर्य, त्याग र निष्ठामा भरोसा रहन्न किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।१५।।

महत्वाकांक्षा माथि माथि चुलिए पनि
पैतालाको काँडो झिक्ने काँडो पारिए पनि
उमेरले नेटो काटेको थाह हुन्न किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।१६।।

प्वाँख हेरेर हाँस्ने खुट्टा हेरेर रूने मयुर
बुढा नेतालाइ भन्छ मै जस्तो हुनुहुन्छ हजूूर
अरूलाइ बुझाउने नेतामन रून्छ यो किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।१७।।

कसैको गृहपीडा कसैको छ पीडा शरीरमा
कसैको महत्वाकांक्षा परेछ धरापमा
अरूको खुशीमा कोही हाँस्न सक्तैन किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।१८।।

स्थिर सरकारका फाइदा सतहमै आए
जनताका शत्रु र देशका जुका त्राहिमाम भए
लाटोकोसेराले सूर्यप्रताप दैख्तैन किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।१९।।

देश सिध्याउन खोज्ने अब थाकिसके
सुडान बनाउन आएका घरफर्किसके
युवा पुस्ताको चेतना देखेर निद हराम किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।२०।।

सिंगापुर नबने पनि नेपाल नेपाल नै रहला
हस्तक्षेपको रजाइ जनताले कहाँ सहला
तैपनि विदेशी प्रभुको लिला खोजिदै किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।२१।।

पृथ्वीनारायणले देश गोर्खाबाट उठाए
त्यसपछिकाले यो देशलाइ धेरै ठटाए
जनताको भर नपरी षडयन्त्रका पछि किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।२२।।

भन्न पाँडेको तरबार बस्नेतको ढाल भनियो
देशभक्तकै तरवारले देशभक्तलाइ नै रेटियो
फुट र बेथितिको लेखाजोखा हुँदैन किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।२३।।

भीमसेनको हत्या, भारदारको सफाया
कोतपर्वमा मारिने थिएनन् कोही पराया
समशेर खलकले जंग खलक सकायो किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।२४।।

मातृका र वीपीलाइ नै मिल्न दिइएन
महेन्द्र र विश्वेश्वरलाइ दूरिमै राखियो
भैसीको मासु सिंङको अचानो किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।२५।।

कांग्रेस र कम्युनिष्ट मिलेको देख्नसकेनन्
नाकको वरिपरि नै दरार पारिदेने
कांग्रेसभित्रै छत्तीसे र चौहत्तरे किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।२६।।

घाँटी जोडिएका दरबार र कांग्रेस भए दुइध्रुब
एमाले र कांग्रेसलाइ पारियो दुइ किनार
मेलमिलापको अमृत घडा चोरिन्छ बारम्बार किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।२७।।

२०४८ सालका चुनाव कांग्रेस र कम्युनिष्टको
सम्पूर्ण शक्तिसहित तिक्तापूर्ण प्रतिष्पर्धा
मुलुकले थेग्न सक्तैन मदनले भनेको सुनिएन किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।२८।।

मक्किएको घरमा दुइ पहलमान भिडे जस्तो हुन्छ
कम्युनिष्ट कांग्रेस लोकतान्त्रिक शक्ति मिल्नुपर्छ भन्दा
मातृभूमिको जीर्णाेद्धार गर्न काग्रेसले मानेन किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।२९।।

गौतम र सीपी भड्किएर मालेतिर लागे
बचेकाले केपी माधवबीच नै दरार पारे
झगडा सुलभ छ मेलमेलाप दुर्लभ हुन्छ किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।३०।।

अवसरवादले एमाले फोड्यो र जोड्यो
चौसट्ठीको चुनावमा तेत्तीस सिटमा खुम्चियो
तुष भयो एम्बुसभन्दा घातक किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।३१।।

बुढाको टकराबले एमालेलाइ सडकमै ल्यायो
युवाको सौर्यका कारण पुनर्जीवन पायो
जहाज डुबाएका मुसालाइ लाज छैन किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।३२।।

गल्ती गर्दा दार्श्निक गल्ती स्वीकार गर्दा महापंडित
सुरूमै गल्ती औल्याउनेले ताली ठोक्नु पर्ने
इतिहासमा डामिएकाकै चरिफुरी बढ्ता किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।३३।।

यो देशले राजनेताको पोषण कहिलै पाएन
जनता कमजोर हुँदा सत्पात्र कमजोर भए
जनता जागेको कसैलाइ रूचिको छैन किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।३४।।

मदनलाइ बाँच्न दिइएन, वीरेन्द्रको वंशनास
गिरिजा प्रचण्ड पनि पालैपालो फाल्तु राखियो
बलियो खम्बा नउखेली नहुने किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।३५।।

महाथिरको खाँचो छ नेपाललाइ
महाअस्थिरको कालो बादल मडारियो
जनताको आशामा पानी खन्याइदै छ किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।३६।।

पंचायती कालरात्रीमा कसैको करङ धुलियो
जनचेतनाको आलोकमा कसैको कद चुलियो
निष्ठा र संयोग दुबैको जादु थाह हुन्न किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।३७।।

न यो बाउन्न साल हो न यो चवन्न साल नै हो
कार्यकर्ताका मुखका थाल खोसी पत्नी र पुत्र पोसियो
व्यक्ति पछि लागेर संस्था डुबाउने भेटिन्नन् किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।३८।।

रत्नधो भएको भेडाको अगुवाको लहैलहैमा लागेर
अंगभंग भएको जस्तो पंती चेतबाबा काशी भैसक्यो
चौर छोडेर फेरि भीरको बाटोको चर्चा चल्छ किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।३९।।

बडो बुद्धि र बाध्यताले चामल र कनिका मिसिए
बजार लिएकै छ सिक्कासँगै खोटो सिक्काले
अति गरे खती हुने चेत पलाउदैन किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।४०।।

अहंकार अटलताको दौड टुङ्गिसकेको हो
माले, माओवादी र एमालेको कद तोकिएकै हो
इतिहासको ऐनामा बादल लगाइन्छ किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।४१।।

हाँसलाइ अल्छी भनी निच्याउने काग
हाँसलाइ नै गुहार माग्न पुग्छ समुन्द्रको बीचभाग
उद्धारक भन्दा डुबेकाको घोक्रो ठूलो किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।४२।।

जनताको बहुदलीय जनवाद चटककै छोडौं रे
ओलीको अहिलै उठिबास गरौं रे
असार आयो बाबा गोरू बेचौं किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।४३।।

नाकाबन्दीको सामना ओलीको निम्ति थिएन
ओलीका लागि होइन हाम्रो भोलिका लागि
स्थिरताको मुद्दा युवापुस्ताले स्वामित्व लियो किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।४४।।

नेता र पार्टी त देशको वारिसे मात्र हुन्
सर्वशक्तिमान् त जनता जनार्द्धन नै हुन्
चित्र गुप्तको जस्तो हिसाबको ख्याल हुन्न किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।४५।।

अबसरवादको गति हो सुनारको सय चोट
लोहारको एउटै चोट जस्तो जनताको अठोट
पाँच वर्ष पाँचै दिन बराबर हो ठानिदैन किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।४६।।

कमजोरलाइ बोक्छ यो कलम बलिया भन्दैन
न्याय, तर्क र औचित्य हेर्छ, आग्रह राख्तैन
आस त्रास भ्रम जाल निन्दा प्रशंसा किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।४७।।

यो लेखकलाइ सचिव हटाइयो सदस्यतै खोसियो
रावलकार्ड हानेर नेतात्रयबाटै केन्द्रीय सदस्य रोकियो
तरकारको मार सहने कलमको मलम सहिदैन किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।४८।।

पलपलमा नाफाघाटा हेर्ने काम जुवाडेको हो
जनताको एकता र हित हेर्नु राजनीति हो
साँढै मै थिएँ नौ वर्षे बाच्छो तन्नरी भयो ठानिन्छ किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।४९।।

पाण्डवका रिसले अर्धमृत पारिएको परीक्षित
कृष्णको कृपाले पूनर्जीवत भए जस्तै
कार्यकर्ताले सुन्छन् भनेर गरिदै छ डाह किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।५०।।

यो कलमले नलेखे यो नेपाल चेत
अरू कलमहरू उठ्ने छन् सत्य ओकल्न
इतिहासको आवश्यकताको अवज्ञा हुन्छ किन
तँलाइ मालुम छ कि यो कुरा मन ?

।।५१।।

चर्चामा

सम्बन्धित समाचार