• होमपेज
  • बाजुरा बिशेष
  • घाईते महिलाकाे उपचारका लागी हवाइजहाजबाट उद्धार

घाईते महिलाकाे उपचारका लागी हवाइजहाजबाट उद्धार

  • सोमवार, जेष्ठ २७, २०७६
घाईते महिलाकाे उपचारका लागी हवाइजहाजबाट उद्धार

बडीमालिका खवर
बाजुरा २७ जेठ
बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ४ स्थित कुरु खोलामा ढुङ्गा झरेर घाइते भएकी सरिता रोकायाको उपचारका लागी सुमिट एयरको हवाइजहाजद्धारा उद्धार गरिएको छ । महिनावारी भएकी रोकाया खोलामा नुहाउन जादा भिरबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा गम्भीर घाईते भएकी र उनको उपचार कोल्टीमा सम्भव नभएका कारण मन्त्रालयको सहयोगमा नेपालगंज पठाएको वडा न ४ का वडाअध्यक्ष राजन कुमार रोकायाले बताए । बुढिनन्दा नगरपालिका वडा न ४ बस्ने धनरुप बोगटी कि छोरी बर्ष २४ कि सरिता रोकायाको प्राथमिक स्वास्थ चौकी कोल्टीमा उपचार हुन नसक्दा सुमिट एयरको हवाइजहाज मार्फत उपचारको लागी नेपालगंज लगिएको सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रीका स्वगीय सचिव जंग बिकले बताएका छन् । अबस्था जटिल भएको हुनाले थप उपचार का लागि सुदुर पश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री मा प्रकाश शाहको विशेष पहलमा मन्त्रालयको र नगरपालिकाको साझेदारी आर्थिक सहयोगमा मार्फत उद्दार गरि नेपालगन्ज पुर्याएको बिकले बताएका छन् ।
आज फेरि सरकार भएको आवश भएको छ । बुढिनन्दा नगरपालिका वडा न ४ स्थित सरिता रोकाया को लडेर घाइतेभइ स्वास्थ्य अबस्था जटिल रहेकाले उक्त सरिता रोकायाको ज्यान जोगाउनका वडाअध्यक्षकोे पहल लाई स्थानियले स्वागतयोग्य रहेको बताएका छन् । जहाज चार्टर गर्न सहयोग गरि सहयोग पुर्याउने प्रदेश सरकार कानुन तथा आन्तरिक मामिला मन्त्री प्रकाश शाह , प्रदेश सभा सदस्य बलदेव रेग्मी , नेकपा नेता पेम्बा गुरुङ भोटे , जनक बोहरा , र बुढिनन्दा नगरपालिकाको समन्वयमा रोकायाको उद्धार गरिएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार