बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • समाचार
  • कोरिया भाषा परीक्षा दिनेको सङ्ख्या वृद्धि, ९२ हजार ३ सय ७६ जनाले परीक्षा दिँदै

कोरिया भाषा परीक्षा दिनेको सङ्ख्या वृद्धि, ९२ हजार ३ सय ७६ जनाले परीक्षा दिँदै

  • सोमवार, जेष्ठ २७, २०७६
कोरिया भाषा परीक्षा दिनेको सङ्ख्या वृद्धि, ९२ हजार ३ सय ७६ जनाले परीक्षा दिँदै

काठमाडाैं । यस वर्ष कोरिया भाषा परीक्षा दिनेको सङ्ख्यामा वृद्धि भएको छ । गतवर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको सङ्ख्या १० हजार भन्दा बढीले वृद्धि भएको हो ।

गत वर्ष ८२ हजार ३ सय ३५ ले परीक्षा दिएकोमा यो वर्ष ९२ हजार ३ सय ७६ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । जसमा पुरुष परीक्षार्थीको सङ्ख्या ७७ हजार ३ सय ६१ र महिलाको सङ्ख्या १४ हजार ९ सय ९५ रहेको छ ।

यस वर्ष सबैभन्दा बढी म्यान्युफ्याक्चर क्षेत्रमा काम गर्न परीक्षा दिने परीक्षार्थीको सङ्ख्या ६३ हजार ४ सय ८९ जना रहेको छ । कोरिया भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको ईपीएस कोरिया शाखाका जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार