• होमपेज
  • बाजुरा बिशेष
  • सड्क खन्दा पाइप काटिएपछि एक हप्तादेखी सदरमुकाममा खानेपानीको हाहाकार

सड्क खन्दा पाइप काटिएपछि एक हप्तादेखी सदरमुकाममा खानेपानीको हाहाकार

  • आइतवार, जेष्ठ २६, २०७६
सड्क खन्दा पाइप काटिएपछि एक हप्तादेखी सदरमुकाममा खानेपानीको हाहाकार

बडीमालिका खवर
बाजुरा २६ जेठ

सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानी अयोजनाको पाइप सड्क निर्माणको बेला काटी दिएपछी सरमुकाममा खानेपानीको हाहाकार भएको छ । बाजुराको सदरमुकाम मार्तडीमा सडक निर्माण क्रममा खानेपानीको पाइप डोजर चलाएर छरपस्ट हुने गरी काटेर फालीदिएपछी केही दिन यता खानेपानीको चरम अभाव भएको छ । सदरमुकामसँगै जोडिएको बडीमालिका नगरपालिकाले मार्तडी झराउले रिङरोड बनाउन सडक बनाउने क्रममा मुहानबाट आएको खानेपानी पाइप लाइन जथाभाबी काटेर फाल्दा उपभोक्ता खानेपानी समस्यामा परेको स्थानियले बताएका छन् । नगरपालिकाले समयमै खानेपानी व्यवस्थापन गर्न नसक्दा सदरमुकाममा खानेपानीको चरम अभाव भएको हो ।

मार्तडीमा रहेको बृहत खानेपानीको पाइप डोजरले काटेर छेदबिछेद बनाए पछी खानोपानीको अभाव भएको खोपानी उपभोक्ता समितिका ब्यबस्थापक सुर्यकिरण बिकले बताएका छन् । खानेपानीको पाइपलाइन भएको ठाउँमा डोजर प्रयोग गरेर खानेपानीको पाइप समेत काटीदिएपछी जिल्ला सदरमुकाममा खानेपानीको हाहाकार भएको ब्यबस्थापक बिकले बताए । बडीमालिका नगरपालिकाले खानेपानी भन्दा पनी सडकलाइ प्रथमिकता दिएको र खानेपानीको संरक्षणमा ध्यान नदिएका कारण सो समस्या आएको उपभोक्ताको गुनासो रहेको छ । बडीमालिका नगरपालिकाको बजेटबाट सडक बिस्तार भयो तर खानोनीको लाइनमै सडक काटीनु भनेको दुखद बिषय रहेको खानेपानी उपभोक्ताले बताएका छन् ।

सदरमुकाम मार्तडीमा यसरी खानेपानीको चरम अभाव भएपछि सदरमुकाममा बसोवास गर्ने करिव १७ हजार बढी जनसंख्या खानेपानी पिउनबाट बन्चित भएका हुन् । बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थापन गर्नकै लागि करोडौं खर्च गरिसकेको छ तर पनि सदरमुकाम मार्तडी बासीले खानेपानी प्रयाप्त मात्रामा उपभोग गर्न नपाएको स्थानीय उपभोक्ता तथा दलित अधिकारकर्मी गोरख सार्कीले बताएका छन् ।

सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएपछि एक गाग्री पानी ल्याउन यहाँका स्थानीयहरुले घण्टौँ सम्म समय बिताउनुपर्दा घरमा गर्नुपर्ने अन्य काम धन्दा गर्नको लागि निकै नै कठिनाइ हुने र यसले खासगरी यहाँका महिला र बालबालिकाको कार्यबोझ बढाएको अधिकारकर्मी शार्कीको भनाई छ ।

केही दिन यता सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएपछि सदरमुकामबासीले घन्टौसम्म लाइनमा बसेर एउटै धारोमा पानी भर्नु परेको र प्रयाप्त मात्रामा खानेपानी नपाईएको बडीमालिका नगरपालिका ९ कि झरना विकले गुनासो गरिन् ।

बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थापनकै लागि करोडौं रकम खर्च गरिसकेको बताउँदै आएको छ । तर पनि सदरमुकाम मार्तडीबासीले प्रयाप्त मात्रामा खानेपानी उपभोग गर्न नपाएको बताउँदै आएका छन् । यता वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका व्यवस्थापक सुर्य्किरण विकले भने सदरमुकाम मार्तडीको खानेपानी यही असार मसान्त भित्र व्यवस्थापन गरिने छ । केही दिन यता सदरमुकाम मार्तडीमा खानेपानीको आंशिक अभाव देखिएपनि छिट्टै सदरमुकामबासीले प्रयाप्त मात्रामा खानेपानी उपभोग गर्न पाउने व्यवस्थापक विकले बताएका छन् ।

जिल्ला सदरमुकाम मार्तडीभित्र बडीमालिका नगरपालिका ८ र ९ नम्बर वडा पर्दछ । वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अनुसार खानेपानी उपभोग गर्नका लागि सदरमुकाम मार्तडीमा सरकारी तथा गैर सरकारी कार्यालय र स्थानीयहरु गरि झण्डै ४ सय बढी ग्राहकहरु बनेका छन् । जिल्लाको सदरमुकाम मार्तडी भएकै कारण सदरमुकाम मार्तडीमा जनसंख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ भने बडीमालिका नगरपालिकालाई सदरमुकाम मार्तडीमा खानेपानी प्रयाप्त मात्रामा उपलव्ध गराउन कठिनाई हुने देखिएको छ । पछिल्लो सयममा खडेरीका कारण खानेपानीका मुहानहरु दिनप्रतिदिन सुक्दै गएपछि जिल्लाका अधिकाँस ठाउँमा खानेपानीको चरम अभाव हुँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार