शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • खेलकुद
  • रोहितले तोडे सचिनको रेकर्ड, रचे विश्व किर्तीमान

रोहितले तोडे सचिनको रेकर्ड, रचे विश्व किर्तीमान

  • आइतवार, जेष्ठ २६, २०७६
रोहितले तोडे सचिनको रेकर्ड, रचे विश्व किर्तीमान

एजेन्सी,२६ जेठ – भारतीय क्रिकेटमा ओपनर ब्याट्सम्यान रोहित शर्माले एक नयाँ कीर्तिमान आफ्नो नाममा गरे छन् । रोहितले भारतीय पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकरलाई पछि पार्दै कुनै एक टिमविरुद्ध एकदिवसीयमा सबै भन्दा छिटो दुई हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

विश्वकप अन्तरगत अष्ट्रेलियाविरुद्धको खेलमा ५७ रनको अर्धशतकीय पारी खेल्दै उनले सबै भन्दा छिटो एकदिवसीय खेलमा कुनै एक टिमविरुद्ध दुई हजार रन पुर्याएका हुन् । यसअघि उनले अष्ट्रेलियाविरुद्ध २ हजार रन पुरा गर्न मात्र ३७ रनको आवस्यकता थियो ।

यो रेकर्ड यस भन्दा पहिले मास्टर ब्लास्टर सचिनको नाममा थियो । उनले सबै भन्दा छिटो कुनै एक टिमविरुद्ध दुई हजार रन पुरा गरेका थिए । सचिनले अष्ट्रेलियाविरुद्ध ४४ एकदिवसीय खेल खेल्दै दुई हजार रन पुरा गरेका थिए ।

यस लिस्टमा वेस्टइन्डिजका विव रिचर्डस् तेस्रो स्थानमा छन् । रिचर्डस्ले पनि अष्ट्रेलियाविरुद्ध ४४ एकदिवसीय खेल खेल्दै २ हजार रन पुरा गरेका थिए । त्यस्तै भारतीय अर्का ब्याट्सम्यान विराट कोहलीले ४४ खेलमा श्रीलंकाकाविरुद्ध २ हजार रन पुरा गरेका थिए । विकेटकीपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले श्रीलंकाविरुद्ध ४५ खेलमा यो रेकर्ड पुरा गरेका थिए ।

तर, एकदिवसीय त्रिकेटमा अष्ट्रेलियाविरुद्ध सर्वाधिक रन बनाउने खेलाडी भने सचिन रोहिभन्द धेरै अगाडी छन् । सचिनले आफ्नो करियरका दौरान अष्ट्रेलियाविरुद्ध ४४.५९ को औसतमा कुल ३ हजार ७७ रन बनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार