• होमपेज
  • प्रवास
  • पासाङ ल्ह्यामु शेर्पाकी छोरी स्पेनकी राजदूत !

पासाङ ल्ह्यामु शेर्पाकी छोरी स्पेनकी राजदूत !

  • आइतवार, जेष्ठ २६, २०७६
पासाङ ल्ह्यामु शेर्पाकी छोरी स्पेनकी राजदूत !

काठमाण्डु, २६ जेठ – सरकारले चार देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कतारका लागि डा. नारद वाग्ले भारद्वाज, बंगलादेशका लागि डा. वंशीधर मिश्र, अष्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि दावाफुटी शेर्पाको नाम सिफारिस गरेको हो । उनीहरुलाई संसदीय सुनुवाइका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

कतारका लागि सिफारिस वाग्लेले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म अंग्रजी विषय प्राध्यापन गर्दै आएका थिए । यसअघि सरकारले कतारबाट राजदूत रमेश कोइराला, बंगलादेशबाट डा. चोपलाल भुसाल र स्पेनबाट भरत रायमाझीलाई फिर्ता बोलाएको थियो ।

अष्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाले भने राजीनामा दिएकी थिइन् । उनले राजीनामा दिएपछि अस्ट्रेलियामा ६ महिनादेखि राजदूत थिएन ।

काे हुन् दावाफुटी ?

राजदूत सिफारिस भएकी दावाफुटी शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी हुन् ।

अहिले उनी प्रधानमन्त्री ओलीको कोटामा राजदूत सिफारिस भएकी छन् । पासाङ ल्ह्यामुका देवर आङछिरिङ शेर्पासँगको सम्बन्धले प्रधानमन्त्रीले दावाफुटीलाई राजदूत सिफारिस गरेका हुन् ।

३४ वर्षकी दावाफुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन् । उनी अहिले पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन् ।

यसअघि पूर्वमन्त्री कृपासुर शेर्पा फाउन्डेसनका अध्यक्ष थिए । शेर्पाले नै धुम्बाराहीस्थित भवन फाउन्डेसनकै भवनमा नेकपाको केन्द्रीय कार्यालय राख्न दिएका थिए ।

गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित यति एअरलायन्सका सञ्चालक आङछिरिङ शेर्पाको पनि निधन भएपछि एअरलायन्सको जिम्मेवारी उनका दाजु लाक्पा सोनाम शेर्पाले सम्हाल्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार