• होमपेज
  • विचार/ब्लग
  • तरंगित भएको “नासो ” शब्द

तरंगित भएको “नासो ” शब्द

  • आइतवार, जेष्ठ २६, २०७६
तरंगित भएको “नासो ” शब्द

दयाराम पण्डित
स्वतन्त्र पत्रकार

केही दिनअगाडी मैले लेखेका केही शब्दले केही अनलाईन र फेसबुका पाठकलाई तरंगित बनाए जस्तो लाग्यो । त्यसमा पनि नेकपामा आस्था राख्ने पत्रकार साथीहरुलाई केही अरु मीत्रलाई बढि छोए जस्तो पनि छ । स्वभाविकै हो साथीहरु ! ब्यक्तीगत रुपमा मलाई सहानुुभुती दिने सबै मीत्रलाई धेरै धेरै धन्यवाद ! प्रष्टै छ लोकतान्त्रिक आचरण राख्नेहरुको एक जमातको सहकार्यमा पौरखी विकास सञ्चार सहकारी खोल्यौं र त्यसको नेतृत्व मलाई दिनुभयो । फलस्वरुप रेडियो पौरखीको स्थापना ग¥यौं । आफुसधैं पार्टीका हर्ताकर्ता उपल्लो दर्जाका सम्झने त्यस भित्रका केही झुण्डले मलाई सधैं असहयोग गरिरहे । तिनकै एक समुहलाई हाईसन्चो हवस भन्ने सन्दर्भमा मलाई दिएको अध्यक्ष “पदको” नेतृत्व जुन “नासो ” सम्झेको थिएं त्यही “नासोे” हस्तान्तरण गरे भन्ने सन्दर्भ हो । रेडियो पार्टीको नाममा हो भन्ने हैन । साथी अपब्याख्या नगरौं ।
२००७ सालमा विराटनगरमा एउटा सनो “टेलवार ”ट्रान्समिटरको सहायतावाट नेपाल पजातन्त्र रेडियो नामले रेडियो सञ्चालन भएको थियो पछि सिंहदरवार ल्याइयो र “ प्रजातन्त्र रेडियो ” “नेपाल रेडियो ”र पछि “रेडियो नेपाल ” राष्ट्रको रेडियोको नामले चिनिएको छ । त्यसैले लोकतन्त्रवादीले सञ्चालन गरेको सञ्चारमा सबै अटाउँछन् यति बुुझे पुुग्छ ।
जहांसम्म साथीहरुले रेडियो पौरखीलाई दलको ट्याग लगाउनुु भएको छ । दलमा आस्थावान मान्छे बहुसंख्यक छन् यद्येपी दलको नाममा रेडियो छैन । रेडियो पत्रकारिता थिएन भन्ने सन्दर्भलाई कोट्याउनु भएको छ । त्यति सम्म चांही हैन । रेडियो पत्रकारिता के रैछ भन्दा यही रेडियो पौरखी स्थापना भएपछि अरु रेडियो एफएमले पनि सिकेका हुन् । कतिपय कार्यक्रम, टकसो,रेडियो रिर्पोट , रेडियो विषयबस्तु , रेडियो सांझेदारी कार्यक्रम,पि.एस. ए. जिंगल नमुना कपी पनि भएका हुन् । त्यसैले हामलार्ई क्या सिकाउनु र । रेडियो पौरखी, रेडियो र आम सञ्चारकै फमर््याटमा छ र हुने छ । किनकी अधिकांस लोकतान्त्रिक आचारणका मान्छे मात्र सदस्यछन् । आम सञ्चार र लोकतन्त्र एक अर्काका परिपुरक हुन् । यसले तपाइँ आफु विशुद्ध छु,मेरो रेडियो आम सञ्चारमाध्या विशुद्ध छ सोच्नुहोला त्यो भ्रम हो । “बेलामौसरमा पानी मुनीको ओभाना कोही छैनन् । ”

जहाँ सम्म बचत शेयर फिर्ताको कुरा छ । त्यो सबै रकम लिएर ऋण लगानी र अन्य ब्यबसायमा गरेका हैनौं । रेडियोमा लागानी गर्ने विनियमको प्रस्तावनामै उल्लेख छ । रेडियोले कमाएको केही रकम फिर्ता गरेका छौं । कमाईवाट आएको र खातामा भएको रकम कर्मचारीलाई तलभ नख्वाएर पनि फिर्ता गरेका छौं । तपाईलाई लाग्ला ब्यक्तीले मासेहोलान । त्यसो हैन् २२ लाख शेयर ३५ लाख बचत रकम चुस्त छ । कसैले भनेकै भरमा नपर्नु होला । पाउनुहुन्छ बरु ढिलो हुन सक्छ । एक धनीको नौकरीमा एकलाई रिझाउनुपर्ने । बहुधनीमा धेरैलाई रिझाउनु पर्ने हुन्छ । रिझाउन नसक्नु एक कारण हो भने सहकारी कानुनलार्ई पनि ख्यालगरी नेतृत्व हस्तान्तरण गर्नु अर्को मुख्य कारण हो ।समग्रमा एक धनी र बहुधनीमा फरक यत्ती हो । अनि नयां संचालक नेतृत्व प्रति आशंका होला । त्यो त हाम्रै सिफारिस र जनभावना अनुसार निर्वाचित गरिएको हुन् कुनै गुञ्जायस छैन । सहकारी ऐन २०७४ लाई अवलम्वन गर्दे नेतृत्व हस्तान्तरण हो । यसमा पनि भ्रम नरहोस् । मात्र फेरी दोहो¥याएर भन्छु ः हिजो असहयोग गर्नेलाई मलाईृ दिएको अध्यक्ष पद“नासो ” फिर्ता गरें उहांहरुलाई हाईसन्चहोस् भन्ने हो । । रेडियो जस्तो आमसञ्चार माध्यामलाई हांस्यास्पदमा लिनु बेकार हो । साथीहरु ! अन्तमा मैले पुनः दोह¥याए पत्रकारिता र सहकारितामा मेरो हातवाट पार्टीकारिता हुने छैन । “नासो” सब्दलार्ई अतिरञ्जीत र अपब्यख्या नहोस् । हामी सबैको भलोहोस् ।

चर्चामा

सम्बन्धित समाचार