• होमपेज
  • शिक्षा
  • योजना तर्जुमा गोष्ठी सम्पन्न

योजना तर्जुमा गोष्ठी सम्पन्न

  • आइतवार, जेष्ठ २६, २०७६
योजना तर्जुमा गोष्ठी सम्पन्न

बडीमालिका खवर
बाजुरा २६ जेठ
जिल्ला सदरमुकाम मार्तडीमा प्रारम्भिक बाल बिकास केन्द्रको ४ दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाका सरोकारवाला निकायहरुलाई एकीकृत प्रारम्भिक बाल बिकासको अवधारणा तथा जानकारी गराउने उदेश्यले गोष्ठीको आयोजना गरिएको सेतो गुराँस बाल बिकास केन्द्रका कार्यक्रम संयोजक देवु खातीले बताएकी छन् । समता तथा समाबेशी शिक्षा सबै शिक्षाका सवालका बिषयमा बृहत छलफल गरिएको आयोजकले बताएको छ । स्थानीय तहहरुले अबको प्रारम्भिक बाल बिकास शिक्षालाई कसरी लैजानै भन्ने बिषय त्यसको अबधारण लगायत बिबिध बिषयमा छलफल गरिएको खातीले बताएकी छन् । प्रारम्भिक बाल किासमा भएको लगानी एकिकृत गर्ने प्रारम्भिक बाल बिकास योजनाको बार्षिक तथा आबधीक योजनामा बिभिन्न बाल बिकास केन्द्रमा लगानी अभिबृद्धी गर्ने भन्ने बिषयमा छलपल गरिएको आयोकका देवराज पाध्यायले बताएका छन् । त्यस्तै याेजना बालिवकास केन्द्र मात्र नभएर गर्भ अबस्था देखि आठ बर्ष सम्मका बाल बनलिकालाई लक्षित गरि एकीकृत याेजना समेत बनाएकाे आयाेजकले बताएकाे छ ।
बडीमालिका नगरपालिकाकाे आयाेजना तथा यूनिसेफ नेपाल, बिश्व शिक्षा तथा सेतो गुरास राष्ट्रिय बालबिकास सेवाको आर्थिक सहयोग तथा सेतो गुरास बाल बिकास सेवा बाजुराको सहयाेगमा कार्यक्रम संचालन गरिएको आयोजकले बताएको छ ।
बिश्व शिक्षाका प्रकास बिनाडी, सेतो गुरासका देवराज पाध्याय, कार्यक्रम अधिकृत डम्म कटुवाल र देबु खातीले कार्यक्रमको सहजीकरण गरेको सेतो गुरास बाजुराकी कार्यक्रम संयोजक देवु खातीले बताएकी छन् । गोष्ठीमा बडीमालिका नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष वडा सदस्य कार्यपालिका सदस्य प्रमुख प्रशासकिय अधिकृत बिषयगत शाखाका प्रमुखहरुको उपस्थिती रहेको आयोजकले बताएको छ । कार्यक्रम बडीमालिका नगरपालिकाको हलमा ४ दिन देखी संचालन गरिएको कार्यक्रम आज सम्पन्न गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार