• होमपेज
  • देश/प्रदेश
  • हावाहुरीले विद्यालयको छाना उडायो,पठनपाठन प्रभावित

हावाहुरीले विद्यालयको छाना उडायो,पठनपाठन प्रभावित

  • आइतवार, जेष्ठ २६, २०७६
हावाहुरीले विद्यालयको छाना उडायो,पठनपाठन प्रभावित

शनिवार राती आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको ३ कोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा २ लाख ५० हजार बराबरको क्षती भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिनुभयो ।
टिनको छाना उडाउदा भित्र रहेका २६ बोरा सिमेन्ट, बेन्च, डेस्क लगायत अन्य शैक्षिक सामग्री पनि भिजेर नष्ट भएका उहाँले बताउनुभयो । कक्षा १,२ र ३ को कक्षाकोठा रहेका भवनको छाना उडाउदा पठनपाठन कार्य समेत प्रभावित भएको विद्यालयले जनाएको छ ।
वि स २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ३०५ विद्यार्थी अध्ययनरत रहेका छन् । कक्षा १० सम्म पढाई हुने सिद्धेश्वर मावि हुक्केडाँडा बैतडीकै नमुनाउन्मुख विद्यालय हो ।
यस्तै हावाहुरीले नै पाटन नगरपालिका वडा नं ८ खोडपेमा रहेको भगवती महिला बहुउद्देश्यि कृषि सहकारी संस्थाको पनि दुई कोठे टिनको छाना पनि उडाएको छ । साथै पाटनकै दल बहादुर विष्ट र गोपाल सिंह महराको घरको छाना पनि हावाहुरीले उडाएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार