• होमपेज
  • समाचार
  • पौरखी बिकास सञ्चार सहकारी संस्थाको साँतौँ साधारण सभा सम्पन्न

पौरखी बिकास सञ्चार सहकारी संस्थाको साँतौँ साधारण सभा सम्पन्न

  • शुक्रबार, जेष्ठ २४, २०७६
पौरखी बिकास सञ्चार सहकारी संस्थाको साँतौँ साधारण सभा सम्पन्न
राजेन्द्र राेकाया
बाजुरा २४ जेठ
पौरखी बिकास सञ्चार सहकारी संस्था लि.को. साँतौँ साधारण सभा नयाँ कार्य समिति चयन सहित सम्पन्न भएको छ । २०६८ सालबाट औपचारिक रुपमा सहकारी डिभिजन कार्यालयमा दर्ता भई सातौँ बर्ष पार गरेको अवसरमा आज साधारण सभा सम्पन्न भएको हो । बाजुरामा सहकारी संस्थाबाट सञ्चार गृह चलाएको एकमात्र सञ्चार सहकारी संस्था रहेको हो । पुरानो कार्य समितिल बिगठन भई नयाँ कार्य समिति चयन भएको छ । संस्थाका अध्यक्ष दयाराम पण्डितको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले ११ सदस्यिय नयाँ समिति गठन गरेको छ । संस्थाका सचिब जनक थापाले संचालन गरेको साधारण सभाका प्रमुख अतिथी पुर्व सँसद एबं नेपाली काँग्रेस बाजुराका नेता देवराज जोशी रहेका थिए । कार्यक्रममा पुर्व सभाषद महा नेपाली, नेपाली काँग्रेस महासमित सदस्य पदम बहादुर शाही, जिल्ला समन्वय समित प्रमुख नरेन्द्र रोकाया, बडिमालिका नगरपालिकाका उप मेयर कविता बिष्ट, उद्योग वाणिज्य संघका अध्यक्ष देव बहादुर रोकाया, साहित्यकार राजेन्द्र शाह वि.पी. ने.वि.सं.बाजुराका पुर्व अध्यक्ष सुरेन्द्र सिंह, तरुण दलका पुर्व अध्यक्ष नन्द बहादुर थापा, साँस्कृतिक संघ बाजुराका अध्यक्ष विष्णु धामी लगायत रहेका थिए । साधारण सभामा संस्थाका अध्यक्ष दयाराम पण्डितले बिगत ६ बर्ष सम्म सहकारी र रेडियोले गरेका क्रियाकलापको, आम्दानी खर्चको बिवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले रामचद्र यादबको अध्यक्षता सहित ७ सदस्यीय कार्य समिति गठन गठन गरेको छ । उपाध्यक्ष्य अमृता सिंह, कोषाध्यक्ष कृष्णा पण्डित सचिव हिरेन्द्र रोकाया, सहसचिव सुरेन्द्र नाथ लगायत ७ सदस्यीय कार्य समिति गठन गरिएको छ । यसै गरी जनक थापाको संयोजकत्वमा लेखा समिति गठन भएको छ । वडिमालिका नगरपालिकाको सभाहलमा सम्पत्र भएको साधारण सभावाट गठन भएको समितिका उपाध्यक्ष अमृता सिंहले सहकारिता र सञ्चार एकले मात्र लागेर सम्भव नभै सबै सहकारीका साधारण सदस्य लगायत सबैको अपरिहार्य सहयोगको खाँचो परेको बताएका छन् । कार्यक्रम समापन गदै उपाध्यक्ष सिंहले आगामी दिनमा सहकारी र रेडियो पौरखीलाई नयाँ सिराबाट अगाडी बढाउने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार