• होमपेज
  • समाचार
  • अभिनेत्री सरिता लामिछानेलाई ज्यान मार्ने धम्की

अभिनेत्री सरिता लामिछानेलाई ज्यान मार्ने धम्की

  • मङ्लबार, जेष्ठ २१, २०७६
अभिनेत्री सरिता लामिछानेलाई ज्यान मार्ने धम्की

काठमाडौं । अभिनेत्री सरिता लामिछानेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन्। चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि उनले उम्मेदवारी दिएकी छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिए पछि आफुलाई ज्यान मार्ने धम्की आएको सरिताले बताएकी छन् । ज्यान मार्ने धम्की आएपछि सरिताले राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो खुलासा गरेकी हुन्।

‘उम्मेदवारीपछि मैले धेरै किसिमका धाकधम्की र बेइजती सहिरहनु परेको छ’ सरिताले भनिन्, ‘आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु।’ पत्रकार सम्मेलनमा अभिनेत्रीहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित थिए। उनीहरुलाई साक्षी राख्दै सरिताले आफू संघको अध्यक्षमा निर्वाचित भए कलाकारहरुका लागि पेन्सनको पहल गर्ने समेत बाचा गरिन्।

चर्चामा

सम्बन्धित समाचार