जेठ २१- विश्वकप क्रिकेट अन्तर्गत श्रीलंका र अफगानिस्तानबिचको खेल बर्षाले अवरुद्ध भएको छ ।टस हारेर पहिला ब्याटिंग गरिरहेको श्रीलंकाले ३३ ओभरमा ८ विकेट गुमाउदै १८२ रन बनाउदा बर्षा भएपछि अहिले खेल रोकिएको छ । श्रीलंकाले उत्कृष्ट सुरुवात गरेपनि मोहमद नावीको एकै ओभरमा ३ विकेट गुमाएपछि ब्याटिंग लाइन धरासायी भएको थियो । ओपनरले ९२ रनको उत्कृष्ट सुरुवात गरेपनि श्रीलंकाले पछिल्लो ११ ओभरमा ३८ रन बनाएर ७ विकेट गुमाएको थियो ।
नावीले २२औ ओभरमा श्रीलंकाका लाहिरु थिरिमाने, कुशल मेन्डिस र एन्गोलो म्याथ्युजको विकेट लिएका थिए । त्यसपछि श्रीलंकाले एक पछि अर्को विकेट गुमाउदै गएको थियो ।
श्रीलंकाका लागि कुशल पारेराले ७८ रन बनाएर आउट भए भने कप्तान दिमुथ करुणारत्नेले ३० रन बनाए । त्यस्तै लाहिरु थिरिमानेले २५ र इसुरु उदानाले १० रन बनाएर आउट भए ।
अफगानिस्तानका मोहमद नावीले ४ विकेट लिएका छन् भने दवलत जदरान, हमिद हसन र राशिद खानले एक एक विकेट लिएका छन् ।