• होमपेज
  • देश/प्रदेश
  • कैलालीमा स्कुल बस दुर्घटना

कैलालीमा स्कुल बस दुर्घटना

  • मङ्लबार, जेष्ठ २१, २०७६
कैलालीमा स्कुल बस दुर्घटना

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ३ मा स्कुल बस दुर्घटना भएको छ। लिटिल एन्जल्स बोर्डिङ स्कुलको से १ ख ३९८ नम्वरको बस दुर्घटना भएको हो। दुर्घटना परि विद्यार्थीहरु घाईते भएको र घोडाघोडी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी निरिक्षक यक्षराज जोशीले बताए। बसमा २५ जना विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ।

बसको स्टेरिङ रड भाच्चिएर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सुख्खड जनकपुरदेखि भजनी सडक जाने क्रममा स्वास्थ्य चौकी अगाडी दुर्घटना भएको हो।  दुर्घटनामा परि घाईते भएका १३ जना मध्या ७ जनाको सामान्य उपचार पछि घर फर्किएका छन भने वाकी ६ जना युना गौतम, सालिना खरेल, हिमानी खरेल, शारदा खरेल, रिदम सपकोटा र कृर्पा खरेलको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार