• होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनद्वारा अमेरिकालाई युद्धको धम्की, चीनको युद्ध विश्वका लागि भयावह हुनसक्ने

चीनद्वारा अमेरिकालाई युद्धको धम्की, चीनको युद्ध विश्वका लागि भयावह हुनसक्ने

  • मङ्लबार, जेष्ठ २१, २०७६
चीनद्वारा अमेरिकालाई युद्धको धम्की, चीनको युद्ध विश्वका लागि भयावह हुनसक्ने

काठमाडौं । चीनले आइतबार अमेरिकालाई युद्धको धम्की दिएर सनसनी पैmलाएको छ । चीनको रक्षा मन्त्री वेई फेङले भनेका छन्,“अमेरिकासँग चीनको युद्ध विश्वका लागि भयावह हुन सक्छ ।” ताइवान र दक्षिण चीन सागरको सुरक्षा मामिलामा हस्तक्षेप नगर्नका लागि उनले अमेरिकालाई चेतावनी दिएका छन् ।पछिल्ला महिनाहरुमा अमेरिकाले स्वशासित ताइवानलाई हर किसिमको सहयोग बढाउने बताएपछिको समयमा चीनको यो प्रतिक्रिया आएको हो । पछिल्ला समयमा अमेरिकी नौसेनाको कैयौ पोत ताइवान स्ट्रेट भएर ताइवानसम्म गएको थियो ।

ताइवान स्ट्रेटले चीनलाई ताइवानसँग छुट्टाएको छ । चीनले ताइवानमाथि आफ्नो अधिकारको दावी गर्दै आएको छ ।सिंगापुरमा एसियाको प्रमुख रक्षा सम्मेलन सांग्रिला डायलगलाई सम्बोधन गर्दै फेङले भने,“टकराव समाप्त हुनु आवश्यक छ । यदी ताइवानसँग चीनको सम्बन्धको बीचमा कोही आउछ भने, बेइजिङले उसको बिरुद्ध आवश्यकता अनुसार बल प्रयोग गर्ने विषयमा विचार गर्न सक्छ ।” उनले भने,“एसियामा चीनको सैन्य गतिविधि विशुद्ध रुपमा आत्मरक्षाका लागि हुने गर्छ । यदी आफ्नो हितमा हमला भयो भने यसको जवाफ दिने विषयमा थोरै पनि हिचकिचाइने छैन ।”

चीनले आपूmलाई हमला नगरेको अवस्थासम्म अरुलाई पनि हमला नगर्ने उनले बताए । २०११ देखि सांग्रिला डायलसमा सहभागी हुने फेङ चीनका पहिलो रक्षा मन्त्री हुन् । यो भन्दा पहिले शनिबार अमेरिकाका कार्यवाहक रक्षा मन्त्री प्याट्रिक शानाहानले सांग्रिला डायलगमा एसियामा चीनको हालको व्यवहारप्रति अमेरिकाले लामो समयसम्म मौनदर्शक नभएर बस्ने बताएका थिए ।यो खबर आजको कारोबार दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार