• होमपेज
  • समाचार
  • लाँउलाँउ खाँउखाँउ भन्ने कलिलै उमेरमा लियो स्कुटीले दुई जनाको ज्यान !

लाँउलाँउ खाँउखाँउ भन्ने कलिलै उमेरमा लियो स्कुटीले दुई जनाको ज्यान !

  • मङ्लबार, जेष्ठ २१, २०७६
लाँउलाँउ खाँउखाँउ भन्ने कलिलै उमेरमा लियो स्कुटीले दुई जनाको ज्यान !

इटहरी । प्रदेश नम्बर १ का झापा र सुनसरीमा सोमबार भएका दुर्घटनामा दुई जना युवतीले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा एकजना स्टाफ नर्स हुन भने एकजना स्थानीय नेताकी छोरी हुन । बेलुका धरान–८ स्थित विश्वकर्मा मन्दिर छेउमा दुर्घटना हुँदा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्सको मृत्यु भएको छ । मारेकटहरे धनकुटा घर भएकी २५ वर्षिय कविता विपि प्रतिष्ठानकी स्टाफ नर्स भएको इलाका प्रहरी कार्यालय धरानको सञ्चार शाखाले जानकारी दिएको छ।रोकि राखेको ट्रक मुनी छिरेकी तुम्बालाइ उपचारको लागी विपि ल्याइएको थियो ।

अस्पतालमा ल्याइपुर्याएपछि उनको मृत्यु भएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरी पोष्टले जानकारी दिएको छ ।को २६ प ८५१ नंम्बरको स्कुटीमा इटहरीबाट धरान आउदै गरेकी तुम्बा सडकमा रोकेर राखिएको ना ६ ख ४३४५ नं। को ट्रकको पछाडी छिरेकी थिइन् । घटनास्थलमा रहेका स्थानीयका अनुसार ट्रकमा डिजेल सकिएपछि त्यतिकै रोकेर राखिएको थियो भने ट्रकको पछाडी भागमा लाइट रिफ्क्टर समेत नभएको र इण्डिकेटर समेत नबाली सडकमा नै पार्क गरि राखिएको थियो ।उता स्कुटर दुर्घटनामा परी झापामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १ बस्ने २७ वर्षीया रञ्जना खनाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएकी खनाल नेकपा झापाका जिल्ला सदस्य राधाकृष्ण खनालकी छोरी हुन् । प्रहरीका अनुसार सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धरमपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १० प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ आइरहेको मे ७ प १६७८ नम्बरको स्कुटरमा सवार खनाललाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक खनालको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । यता, प्रहरीले मोटरसाइकसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार