• होमपेज
  • देश/प्रदेश
  • सह– चालकले साइड लगाउन खोज्दा बस खस्य

सह– चालकले साइड लगाउन खोज्दा बस खस्य

  • सोमवार, जेष्ठ २०, २०७६
सह– चालकले साइड लगाउन खोज्दा बस खस्य

बझाङ २० जेठ
जिल्लाको सिमखेत बसपार्कमा सह चालकले साइड लगाउन खोज्दा बस खसेको छ । सोमबार जयपृथ्वी नगरपालिका अन्र्तगत बसपार्कमा सहचालक लक्ष्मण कुबरले महाकाली यातायातको ना ७ ख ६३७१ नम्बरको बस साइड लगाउन खोज्दा बस खसेको हो ।
बसमा यात्रुहरु या बसपार्क वरपर मानिसहरु नभएकाले मानविय क्षती भने नभएको तर बस नियन्त्रणमा लिन नसक्दा बसपार्कमा रहेका ३ वटा टिकट काउन्टर भत्किएका छन । बसमा पनि सामान्य क्षती
बस नियन्त्रण लिन नसक्दा बसपार्कबाट बस र सह चालक सहित झण्डै १ सय मिटर तल बाउली खोलाको किनारमा खसेको तर मानविय क्षती भने नभएको प्रहरी नायव उपरिक्षक सुर्य केसीले बताए । बस चलाउने सह चालक कुँबरलाई अनुसन्धानका लागि नियन्त्रण लिएको उनकोे भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार