• होमपेज
  • समाचार
  • प्रेस संगठनका नेता गोविन्द शर्माको सडक दुर्घटनामा परी मृत्यु

प्रेस संगठनका नेता गोविन्द शर्माको सडक दुर्घटनामा परी मृत्यु

  • आइतवार, जेष्ठ १९, २०७६
प्रेस संगठनका नेता गोविन्द शर्माको सडक दुर्घटनामा परी मृत्यु

१९ जेठ, काठमाठाैँ । प्रेस संगठन काठमाडाैँका नेता एवं प्रेस सेन्टर काठमाडाैँका तत्काली अध्यक्ष गोविन्द शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ललितपुरकाे धोबिघाटमा स्कार्पियोले शर्मा सवार मोटरसाइकललाई ठक्कर दिँदा उनीसहित २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटका २८ वर्षीय चन्द्रमणी मुडभरी  र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द शर्माकाे मृत्यु भएकाे हो । पत्रकार शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)का अध्यक्षसमेत हुन् ।

दुर्घटनामा परेका २ जनालाई नर्भिक अस्पताल लगिएको र उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएकाे छ । सुरुमा २ वटा जीप ठोक्किएको र त्यसपछि थप अर्काे एउटा जीप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार