• होमपेज
  • विचार/ब्लग
  • तिन करोड नेपाली जनताको ढुकढुकी सिताराम कट्टेल र कुञ्जना घिमिरे

तिन करोड नेपाली जनताको ढुकढुकी सिताराम कट्टेल र कुञ्जना घिमिरे

  • आइतवार, जेष्ठ १९, २०७६
तिन करोड नेपाली जनताको ढुकढुकी सिताराम कट्टेल र कुञ्जना घिमिरे

तिन करोड नेपाली जनताको ढुकढुकी सिताराम कट्टेल र कुञ्जना घिमिरे (घुर्मुस र सुन्तली ) कमेडि सिरियलमा निकै चर्चा पाएका कलाकार को रुपमा चिनिन्छन । पछिल्लो समयमा आफ्नो कलाकारिता लाई केहि समयका लागि विस्राम पछि समाज सेवामा निकै खटिएको सबैमा अवगत नै छ । यसै विच उनिहरु ले एउटा नवीन सोच का साथ धुर्मुस सुन्तली फाउण्डेशन पनि दर्ता गराएका थिए । समाजिक कार्यमा संलग्न हुदा यो फाउण्डेशन दर्ता गराउनु उनिहरु को लागि अत्यन्त जरुरी पनि थियो । 2072 सालको भूकम्प र तराई क्षेत्रमा आयको बाढीले प्रभावित भएका जनतालाइ उद्दार गरि राहत को व्यवस्था गरेको र भुकम्प पिडित लाई नमुना वस्तीमा स्थापित गरेका थिए। करिब 4/5 महिना देखि धुर्मुस सुन्तली फाउण्डेशन द्वारा निर्माणाधीन क्रिकेट रंगशाला विभिन्न चुनौती र कठिनाइका बावजुद कार्य भैरहेको थियो। आपत्ति सरकारले आफैले बनाउनु पर्ने रंगशाला एक हास्य कलाकार जोडीले यति ठुलो चुनौती लाइ आत्मसात गरेर रातदिन नभनी प्रत्यक्ष दर्शी भइ काम गर्दै आएका थिए । आफुले फुटेको कौडि नभाँच्ने र अरुले गरेको कामको डाहा गर्ने समाज का यस्ता अराजक गतिविधि फैलाउने र राजनीतिको आडमा कानुन लाइ पनि आफ्नो हातमा लिएर उदण्ड मच्चाउने राक्षस प्रति घोर भत्सर्ना गर्दछु । आग्रह सामाजिक कार्यमा यति उतार चढाव हुनुमा नयाँ सिकाइको दोस्रो अध्याय को रुपमा लिननहोस( धुर्मुस र सुन्तली ) कत्ति पनि हिम्मत नहार्नुहोला ३ करोड नेपाली जनता तपाईं को साथमा रहनेछ छ । आर्थिक विकासको स्थर उन्नति गर्ने अवसर जुट्न सक्छ फेरि पनि समय मिल्छ भने एक पटक भारत सम्मआउने दुख गर्नुहोला । तथ्य सार्वजनिक गर्न त सकेको छैन तर अनुमानित 30 देखि 40 प्रतिशत को हाराहारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु भारत मा अवस्थित छन । एउटा बृहत् कार्यक्रम को आयोजना तय गर्नुहोस् “एक ले थुकि सुकि सयले थुकि नदि भनेझैं” हामी तपाईं को साथमा रहनेछौं । सक्दो सहयोग गर्ने कोसिस पूण रुपमा हुनेछ। #नमन। खाडी मुलुक मा ४५-५५ डिग्रि तापक्रममा आफ्नो ज्यानको आहुति दिएर यस फाउण्डेशन लाइ आथिर्क एंव सामाजिक सहयोग गर्ने महान माँहा पुरुषहरु र स्वदेश मै बसेर पनि सामाजिक सद्भाव राख्ने यो फाउण्डेशन द्वारा निर्मित तथा निर्माणाधीन परियोजना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई हृदय देखि नै कृतज्ञाता व्यक्त गर्दछु। गोरख_बिष्ट बाजुरा

चर्चामा

सम्बन्धित समाचार