जव-जव तिम्रो यादले घरीघरी झस्काइ रहन्छ, अनि सम्झिन्छु अतितलाई । परेलीले आँखालाई ढाकीदिन्छु र पाउछु यी आँखाका नानीभरी तिमीलाई । खै कसरी मन बुझाउ एक्लै तिमी विना । सायद मलाई जस्तै मन बुझाउन कठीन भएको होला तिमीलाईपनि । साँचिकै मेरोजस्तै कमलो मन छ भने । आखिर मनैत हो, कति गाह्रो हुने है ? एकअर्काका परीपुरक भइसकेर छुट्टीदा । मन नलागी नलागी छुट्टीने यस्तो पल आउला भन्ने त कल्पना सम्मपनि गरेको थिँएन मैले । खै के भनौ यसलाई । दुईमटु जोडेर एक धड्कन बनाइ अथाह दिवासप्नाको लहर बोकी अघिबढ्दैगर्दा एक्कासी चट्याङ् बर्सीयो त्यही धड्कनमा र फेरी बाध्य भयौं चोइटा चोइटा भएर बस्न । विबश भयौँ चिथेरीएका मुटुलाई सम्झनाको मलमपट्टि लगाइ तड्पिएर जीउन । थाहा छ मलाई खोलाको माछा बगरमा फ्याँक्यो भने केही मिनेटमात्र जिवित रहन्छ, बर्याछकबुरुक गर्दै छट्पटीन्छ एक अन्जुली भएपनि मात्र पानीकोलागि । दुनियाँलाई जिवित राख्ने यो व्रह्माण्डभरीको शुद्ध अक्सिजनले वचाउनै सक्दैन । त्यस्तै तिमी विना मेरो हाल र मविना तिम्रो हाल लाग्छ बगरको माछाको जस्तै हुनेछ । यदी मेरोसाथ तिमी भैनौ भने यो व्रह्माण्डको सारा अक्सिजनले केही समय जीवित रहुँला तर तिमी नै मेरो साथ रहीनौ भने बस यो भन्दाबढी सोच्नै सक्दिन म । पशुपतीनाथको मन्दिरमा सङ्गै गएर लगाएको सात फेरा, सङ्गै गरेको पुजा, अनि मैले समातेको अगरवत्तिमा तिमीले सलाई कोरेर जलाएको क्षण एक अर्कालाई हेर्दै अनमोल मायाको लहरसङ्गै मुस्कुराउँदै जुधाएका कोमल नजर । पशुपतीनाथलाई चोखो मायाको साक्षि राखि कहीलयै नछुट्टिने गरी खाएका बाचा बन्धनसङ्गै निधारमा रातो टिका, सेतो चन्दन र हातमा रङ्गिन जनैरुपि डोरी कसेको पल । स्वयम्भुमा घुम्दै विताएको समय । रत्नपार्कमा पानीले भिजएको क्षण । बाइस धारामा रमाउदै गर्दा परेको ठाकठुक रगहभरी आँशुगर्दै रिसको झोकमा बाँया हातको साँइली औँलामा लगाएको औँठी मेरो हातमा थमाउदै तिमीले झारेका अमुल्य मोती । रुन्चेस्वरमा बोल्दै तिमीलाई फकाएको पल । यस्तैयस्तै हर रमाइला क्षेण अझैं ताजा भएर आइदिन्छन् मानसपटलमा । खै अचेल तिमी कहाँ छौ ? के गर्दै छौ ? सञ्चो छ या विसञ्चो के छ ? थाहा छैन मलाई । तिमीपनि त मेरो बारे बेखबर छौ । धर्ती उही, आकाश उही समग्रमा भन्ने हो भने व्रह्माण्ड उही । तिमी र मपनि उही खै तैपनि भेटै नहुने । आमसंचारले विश्वभरी संचार संजाल फिजाइसक्दापनि खै हामी भने अझैं संचार विहीनजस्तै एक अर्कामा सम्पर्क विहीन । तिमीलाई पुरानै नम्बरमा कल गर्छु सम्पर्क भएन भन्छ जतिखेरै । फेसबुकको वालमा खोज्छु भेट्दिन कतै । पुरानो आइडीपनि देखिन छोड्यो अचले । स्वदेशमा मैले चिनेजानेका सबैलाई तिम्रोबारे सोध्दा सोध्दा हैरानपारीसके तैपनि कसैले भनदैनन् तिम्रोबारेमा । म विदेशीएको वर्षदिन मै कोठा सारीहालीछौ । चावहीमा घरवेटी बालाई फोन गरेर थाहा पाएँ मैले । तिम्रो बारेमा सोधेंपनि । कोठा छोडेर गैहालिन् नानी त । तिम्रै उमेरको केटासाथमा थियो उ मेरो दाई भन्दैथिइन् बाबु ! यति भनेका थिए घरवटीले । मेरो मनमा अनेकौं सङ्का उब्जिए कि मेरो उमेरको त तिम्रो दाई नै छैन । तिम्रो दाई त अष्ट्रेलिया पो हुनुहुन्छ । खै यति सङ्का हुदाँहुदैपनि तिम्रै अभाव खट्कीरहन्छ मनमा । मपनि अबको चारपाँच महीनामा नेपाल आउदैछु । यदि कतै फेक आइडी बनाएर फेसबुक चलाउँदै छौं या तिम्रा फेसबुक चलाउने आफन्तहरुले तिमीलाई खबर गरुन् भनेर यो पत्र तिम्रै नाउँमा मेरो व्यक्तिगत आइडीबाट सामाजिक सञ्जजालमा सार्बजनिक गर्दै छु । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा रुदैं विदाई गरेकी थियौ । भोकले रन्थनिएको चिप्ले किरा गुलाबमा चिप्किए जस्तैगरी कसैको कुनै प्रवाह नै नगरि आँशु झार्दै सुकसुकगरि रुदैं मेरो छातिमा टाँसिएकी थियौ कहील्यै नछोडौला जस्तैगरि । विदेशको भूमीमा मलाई नभुल्नु नी ! स्वास्थ्यको ख्याल गर्नु, दिनदिनै कल है कल त्योपनि भिडीयो कल है ? अङ्गालोमा जोडले कस्दै यस्तै के-के फतफताएकी थियौ । त्यो क्षणमा मलाई कति असैह्य भएको थियो तिमीलाई के थाहा ? त्यतीखेर आफुले आफैलाई सम्हालेर तिमीलाई सम्झाउँदा मेरो के गति भएको हुँदो हो ? भक्कानिएको मुटुलाई दह्रोपार्दै आँखामा आँशु लुकाएर आफ्नो देश र आफन्त छाडेर विदेशीदाको पीडा उसैलाई थाहा हुन्छ जसले भोगेको हुन्छ । पिंठ्युमा झोला, निधारमा एक धर्को रातो सिन्दुर, घाँटीमा रङ्गिन खादा । विदाईको हात हल्लाउँदै तिमी र म छुटेको दुई वर्ष छ महीना भइसक्दापनि त्यो दिन् अहीले जस्तैलाग्द्छ । काठमाण्डौंमा जव तिमी भेटे चिनजान भयो, माया बस्यो । पढ्ने एउटै कलेज, हिड्ने एउटै बाटो । बिस्तारै तिमी र म श्रीमान श्रीमती जस्तै निकै घनिस्ट भयौं यहाँसम्म की हाम्रो कोठापनि एउटै । खानापनि एकै चुलोमा पाक्न थाल्यो । सिर्प तिम्रो सिउँदोमा सिन्दुर भर्नमात्र बाँकी थियो र समाजका अगाडी खुलेर जोए पोइ भएर खुल्न बाँकी । आफ्नै देशमा संकटपर्दा त हातमा थुकीदेउ भन्दापनि सित्तैमा आफनैहरुले थुक्दैनन् भने म त यो विरानो देशमा । कति भोकै बसे कति दु:खपिडा भोगें मलाईमात्र थाहा छ । सबै कुरा लेखेर साध्य छैन । हो लेख्दै जानेहो भने महाकाव्य नै बन्ला । ‘परदेशी’, ‘छक्कापञ्जा’ जस्ता चर्चित फ्लेमहरु त्यत्तिकै कहाँ जन्मीएर ? कथाले मागेपछि मेरो भोगाइ, दु:खपिडा, तिमीसङ्गको मिलन विछोड, तिमीले गरेको साथ र घात, विदेशीनुको बाध्यता र प्रदेशको जीवनलाई समेटेर फिलिम बनाउनुपर्योय भने “विदेशको कमाइ उसैले उडाइ” नाम रहने छ । ज्ञात रहोस मेरो मायाले एकनएक दिन सताउनेछ । सम्झिने छौ र आफैलाई धिकार्दै रुने छौ त्योबेला तिमीलाई साथदिने तिम्रो अहम घमण्डपनि तिम्रो पक्षमा हुनेछैन । विदेशमा मैले दिनरात नभनि रगतलाई पसिनमा रुपान्तणगरि पसिनासङ्ग साँटेर तिमीलाई पठाएको धनले श्राप्ने छ । हो त्यही तातो वालुवामा फ्याँकेर तड्पिएको माछाको हाल हुनेछ तिमीलाई । धर्ती गोलोछ भन्छन् कतैन कतै हाम्रो भेट अबस्य होला । तर त्यो पलसम्ममापनि म पहिलेको जस्तै माया गरीरहनेछु । तर, मलमई थाहा छ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा मलाई लिन तिमी आउने छैनौ । बस म वरपर हेर्नेछु र एक्लै ट्याक्सी चढेर गेटबाट बाहीरीएर मेनरोडकमा विलिन् हुनेछु । – सुरेन्द्र शाही (गुलाब कान्छो) बाजुरा हाल-काठमाण्डौं