• होमपेज
  • देश/प्रदेश
  • यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ

यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ

  • शुक्रबार, जेष्ठ १७, २०७६
यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ

कञ्चनपुर प्रहरीले एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरको आरोपमा बिहीबार शुक्लाफाँटा–४ का धीरेन्द्रसिंह साउँदलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झलारीले पीडित महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो । अमृत बाल विद्यालयका सञ्चालक साउँदले लेखा शाखामा कार्यरत महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । पीडित महिलाको उजुरीको आधारमा साउँदलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

चर्चामा

सम्बन्धित समाचार