मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ५१ औं दिन नजिक ‘ए मेरो हजुर ३’, कमाई साढे ९ करोड क्रस

५१ औं दिन नजिक ‘ए मेरो हजुर ३’, कमाई साढे ९ करोड क्रस

  • शुक्रबार, जेष्ठ १७, २०७६
५१ औं दिन नजिक ‘ए मेरो हजुर ३’, कमाई साढे ९ करोड क्रस

फिल्म प्रदर्शनको ५१ औं दिनको पूर्वसन्ध्यामा रहँदा उनले कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरेका छन् । फिल्मले देशभरबाट ९ करोड ६३ लाख (ग्रस) को व्यापार गरेको छ । नेपालमा सानदार प्रदर्शन पश्चात् यो फिल्म अहिले विदेश यात्रामा छ । विदेशमा फिल्मको डिमाण्ड उच्च रहेको निर्माता थापाले बताए । निर्देशक झरना थापा र अभिनेत्री सुहाना गएको शुक्रवार फिल्मको प्रदर्शनका लागि युरोप उडेका छन् ।
नेपालमा प्रदर्शनको ५१ औं दिन मनाउने तरखर गरिरहँदा ‘ए मेरो हजुर ३’ को बिहीवार नयाँ गीत ‘राधे कृष्ण’ युट्युबमा सार्वजनिक भएको छ । निर्माण टिमले ५१ औं दिनको छेकोमा सार्वजनिक गर्ने गरि यो गीत लुकाएर राखेको थियो । फिल्ममा यो गीतमार्फत् सुहानाको परिचय गराइएको छ । प्रविशा अधिकारी र सुरज लामाको गीतमा स्वर छ । निर्देशक झरना अब यसको चौथो सिरिज निर्माणको तयारीमा छिन् । तर, औपचारिक निर्माण घोषणा भने गरिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार