• होमपेज
  • खेलकुद
  • रियल मड्रिडमै सन्यास लिन्छु– कप्तान रामोस

रियल मड्रिडमै सन्यास लिन्छु– कप्तान रामोस

  • शुक्रबार, जेष्ठ १७, २०७६
रियल मड्रिडमै सन्यास लिन्छु– कप्तान रामोस

काठमाडौं । कप्तान सर्जियो रामोसले रियल मड्रिडबाटै आगामी सिजन खेल्ने भएका छन् । कप्तान रामोसले बिहीबार पत्रकार सम्मेलन गर्दै आफू क्लबमै रहने बताएका हुन् । पछिल्लो समयमा रियल मड्रिडको खस्कँदो प्रदर्शनको कारण कप्तान रामोसको पनि खुबै आलोचना भएको थियो । कतिपय फुटबल पण्डितले रामोसले रियल मड्रिड छाड्नु पर्ने तर्क दिदै आएका थिए । तर कप्तान रामोसको यो भनाइले उनी रियल मड्रिडमै आफ्नो खेलाडी जीवन अन्त्य गर्ने लक्ष्यमा देखिन्छ । रामोस भन्छन्, ‘म यहीँबाट सन्यास लिन चाहन्छु । मेरो बारेमा धेरै अनुमान गरिएको छ । तर, म यो क्लबमै बस्न चाहान्छु ।’

तर पछिल्लो समयमा उनी चिनियाँ फुटबल क्लबमा जाने हल्ला चलेको थियो । चिनियाँ क्लबले आफूलाई अफर गरेको स्वीकारे । तर आफू रियल नछाड्ने पनि पुष्टि गरेका छन् । सन् २००५ देखि रियल मड्रिडमा आबद्ध कप्तान रामोसको क्लबसँगको सम्झौता २०२१ म सकिनेछ ।

 

चर्चामा

सम्बन्धित समाचार