१६ जेठ, काठमाडाैँ । आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले युरोपा लिग फुटबलको उपाधि उचालेको छ । बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा चेल्सीले उपाधि हात पारेको हो । चेल्सीको जितमा इडन हार्जडले व्यक्तिगत दुई गोल गरेका थिए । ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए ।