• होमपेज
  • समाचार
  • डोजर लगाएर क्रिकेट रंगशालाको बार भत्काउने १६ जना पक्राउ !

डोजर लगाएर क्रिकेट रंगशालाको बार भत्काउने १६ जना पक्राउ !

  • बिहिबार, जेष्ठ १६, २०७६
डोजर लगाएर क्रिकेट रंगशालाको बार भत्काउने १६ जना पक्राउ !

काठमान्डौ , चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न भएको आशंकामा १६ जना पक्राउ परेका छन्।रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापाता सहितको बार केही व्यक्ति हरुले बुधबार बिहान भत्काएका छन्।डोजर नै प्रयोग गरेर झण्डै १ किमि बारक्षेत्र भत्काइएको छ। बार भत्काउन प्रयोग गरिएको डोजर समेत नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ।रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने स्थानीय को माग छ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने उनीहरुको भनाई छ। स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए।सडक विस्तार गर्ने सम्बन्धमा असन्तुष्ट पक्षले उक्त घटना गराएको चितवन प्रहरीले जनाएको छ। अराजक व्यक्तिहरुले उक्त घटना गराएको भन्दै केही स्थानीयले भने दोषीलाई पक्राउ गरी कारबाही गर्दै स्थानीय प्रशा सनलाई दवाव दिएका थिए।

भत्काइएको क्षेत्रको बुधबार जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगाएतका राजनैतिक दलका नेताको टोलीले स्थलगत अनुगमन गरेको छ ।अनुगमन पश्चात उनि हरुले निर्माणाधिन रंगशालाको बार भत्काउने काम निन्दनिय भएको भन्दै दोषिलाई कडा कारवाही गर्नुपर्ने बताएका छन् ।प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले घटनामा संलग्न जोसुकै भएपनि कडा कारवाही गरिने बताए । ‘केहीलाई नियन्त्रणमा लिएका छौं,उनले भने’,बार भत्काउन संलग्न मुख्य व्यक्तीको खोजी भइरहेको छ ।’ उनले कानुन हातमा लिनेलाई कुनै हालतमा नछाडिने बताए ।

चर्चामा

सम्बन्धित समाचार