सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • बृद्धभत्ता ३ हजार पुग्यो, जेष्ठ नागरिकमा उत्साह

बृद्धभत्ता ३ हजार पुग्यो, जेष्ठ नागरिकमा उत्साह

  • बुधबार, जेष्ठ १५, २०७६
बृद्धभत्ता ३ हजार पुग्यो, जेष्ठ नागरिकमा उत्साह

काठमाडौं, जेठ १५

सरकारले सामाजिक सुरक्षा भत्तामा १ हजार रुपैयाँ बृद्धि गरेको छ । यसअघि सरकारले ज्येष्ठ नागरिकलगायतलाई मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएकोमा उक्त रकम १ हजार बढाएर ३ हजार पुर्‍याइएको हो ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बृद्धभत्ता १ हजार रुपैयाँले बढाइएको बताए । अपांगता भएका ब्यक्ति, एकल महिला लगायत व्यक्तिको भत्तामा मासिक १ हजार बृद्धि गरिएको छ।

नेपालमा पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम २०५१ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारले सुरुवात गरेको थियो । तत्कालिन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले प्रारम्भमा सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत ७५ वर्ष उमेर नाघेका बृद्धका लागि मासिक एक सय रुपैयाँ दिने घोषणा गरेका थिए ।

यो कार्यक्रम लोकपि्रय भएपछि उनै अधिकारीले २०६० सालमा सो रकम बढाएर १७५ रुपैयाँ पुर्‍याएएका थिए । २०६५ सालमा माओवादी सरकारका अर्थमन्त्री डा.बाबुराम भट्टराईले ५०० पुर्याएको उक्त रकम २०७१ सालमा नेपाली कांग्रेस सरकारका अर्थमन्त्री डा.रामशरण महतले १ हजार रुपैयाँ पुर्‍याए भने २०७२ सालमा एमाले अर्थमन्त्री बिष्णु पौडेलले सो रकम मासिक २ हजार रुपैयाँ पुर्‍याएका थिए ।

चर्चामा

सम्बन्धित समाचार