• होमपेज
  • देश/प्रदेश
  • घुमफिरमा मात्र ३२ लाख रुपैया खर्च

घुमफिरमा मात्र ३२ लाख रुपैया खर्च

  • बुधबार, जेष्ठ १५, २०७६
घुमफिरमा मात्र ३२ लाख रुपैया खर्च

अनुगमनका नाममा आर्थिक वर्ष २०७४÷०७५ मा ४१ लाख रुपैया“ सिध्याएको लम्कीचुहा नगरपालिकाले घुमफिरमा मात्र ३२ लाख रुपैया“ सकेको छ ।  महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७४।२०७५ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन हेर्दा लम्कीचुहा नगरपालिकामा चरम बेतिथि देखिएको छ  । महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७४।२०७५ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार भ्रमण खर्चमा २२ लाख ८४ हजार ९ सय ८५ रुपैया“ र विशिष्ठ व्यक्ति तथा प्रतिनिधि मण्डल भ्रमणमा थप ९ लाख रुपैया“ सिध्याएको छ ।
महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७४।२०७५ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार लम्कीचुहा नगरपालिकाले दुई शिर्षकमा ३२ लाख रुपैया सिध्याएको हो । लम्कीचुहा नगरपालिकाले प्रथम नगरसभाबाट विनियोजनगरेको रकम भन्दा झण्डै ८ लाख रुपैया“ भन्दा बढी भ्रमणका नाममा सिध्याएको छ ।

यस्तै लम्कीचुहा नगरपालिका सामाजिक सहायताका नाममा १३ लाख रुपैया“ सिध्याएको छ  ।
महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७४।२०७५ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार सामाजिक सहायताका नाममा १३ लाख ७० हजार ३ सय रुपैया“ सिध्याएको हो । विशेष गरी सामाजिक सहायताका नाममा आफ्ना कार्यकर्तालाई रकम बा“ड्ने गरिएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाले इन्धमा मात्र साढे १५ लाख रुपैया“ भन्दा बढी सकेको छ । आर्थिक वर्ष २०७४र०७५ मा लम्कीचुहा नगरपालिकाले विनियोजित बजेट भन्दा १३ लाख रुपैया“ बढी इन्धनमा मात्र खर्चगरेको हो ।

महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७४र२०७५ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार लम्कीचुहा नगरपालिकाले एक  आर्थिक वर्षमा १५ लाख ९६ हजार ५ सय २८ रुपैया“ इन्धमा सिध्याएको छ । लम्कीचुहा नगरपालिकाको प्रथम नगरसभा बाट इन्धमा २ लाख रुपैया“ बजेट विनियोजन गरेको थियो । तर जनप्रतिनिधिहरुले भने मनपरी ढड्डबाट इन्धन खर्च गर्दा विनियोजित बजेट भन्दा १३ लाख ९६ हजार ५ सय २८ रुपैया“ बढी रकम इन्धमा खर्च भएको देखिएको छ ।
लम्कीचुहा नगरपालिकाले एक महिना मात्र १ लाख ३० हजार भन्दा बढीको इन्धन खर्च गरेको छ । सेवा सुविधा भोगी छैन भनेर सामाजिक सञ्जालमा चर्चा कमाउने लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधिहरुले एक आर्थिक वर्षमा साढे १५ लाख भन्दा बढी खर्च गरेको भेटिए पछि नगरवासी चकित परेका हुन्् ।

यसैबिच लम्कीचुहा नगरपालिकाले आर्थिक वर्ष २०७४र०७५ मा साढे ११ लाख भन्दा बढी बैठक भत्तामा सकेको छ ।  महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७४र२०७५ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार लम्कीचुहा नगरपालिकाले आर्थिक वर्ष २०७४र०७५ मा ११ लाख ७२ हजार रुपैया“ सिध्याएकोहो ।  महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७४र२०७५ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार लम्कीचुहा नगरपालिकाले मनोमानी ढंगले नियम कानुन मिच्दै लक्षित समूहको बजेट अन्यत्र खर्च गरेको भेटिएको छ ।

चर्चामा

सम्बन्धित समाचार