• होमपेज
  • देश/प्रदेश
  • सिलगढीमा खानेपानीको हाहाकार, ०१७ सालदेखिकाे याेजना अव्यवस्थित

सिलगढीमा खानेपानीको हाहाकार, ०१७ सालदेखिकाे याेजना अव्यवस्थित

  • बुधबार, जेष्ठ १५, २०७६
सिलगढीमा खानेपानीको हाहाकार, ०१७ सालदेखिकाे याेजना अव्यवस्थित

डोटी : गर्मीयामसँगै डोटीको सदरमुकाम सिलगढी तथा आसपासका बजार क्षेत्रमा खानेपानीको हाहाकार छ ।

खानेपानीको अभावका कारण सदरमुकामबासीहरु घण्टौंको पैदल बाटो हिँडेर पानी बोक्न बाध्य छन् । २०१७ सालदेखिको खानेपानी योजना व्यवस्थित नहुँदा प्रायः गर्मीयाममा यस्तै समस्या देखिन्छ ।

स्थानीयबासीहरु भने उपभोक्ता समितिको लापर्वाहीका कारण पानीको समस्या बढेको गुनासो गर्दैआएका छन् । सिलगढीका स्थानीय चक्र कठायत भन्छन्, ‘खानेपानी उपभोक्ता समितिको लापर्वाहीका कारण यस्तो भएको हो । पानीको स्रोत कसरी खोज्ने भन्नेबारे समितिले ध्यान नै दिएको छैन ।’

अर्का उपभोक्ता लोकबहादुर बोहराले भने, ‘उपभोक्ता समिति मनोमानी ढंगबाट चलिरहेको छ । दुई वर्षसम्म साधारणसभा राख्न सकेको छैन । पानीको लागि लाग्ने अव्यवस्थित लाइन पनि समितिले व्यवस्थित गर्न नसकेको उनीहरुको गुनासो छ ।

सिलगढी नगरपालिकाका–६ का कृष्ण श्रेष्ठ गुनासो गर्छन्, ‘घरमा धारा त छ, तर पानी आउँदैन । पानी नआउँदा बिहान उठेर कसको घरमा पानी आएको छ भन्दै खाली भाँडा बोकी दौडनु पर्छ ।’

कर्मचारीले पनि अनियमित रुपमा पानी बाँड्ने गरेको श्रेष्ठ बताउँछन्, ‘उनीहरु आफ्ना मान्छेलाई मात्रै सजिलै पानी उपलब्ध गराउँछन् ।’ २०१७ सालदेखिको योजना अहिले उपभोक्ताहरु बढ्न थालेपछि पनि समस्या देखिएको बताउँछन् सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष गणेश जोशी । सदरमुकामल लगायत आसपासका क्षेत्रमा दैनिक ६ लाख लिटर पानी आवस्यक रहेको भए पनि अहिले आफूहरुसँग अढाई लाखजति मात्र रहेको उनको भनाइ छ ।

अन्नपूर्ण पाेष्टमा डोटीबाट खगेन्द्रबहादुर सि‌हले लेखेका छन् । 

चर्चामा

सम्बन्धित समाचार