• होमपेज
  • खेलकुद
  • विश्वकप जित्न तम्सिएको भारतको लज्जास्पद हार

विश्वकप जित्न तम्सिएको भारतको लज्जास्पद हार

  • बुधबार, जेष्ठ १५, २०७६
विश्वकप जित्न तम्सिएको भारतको लज्जास्पद हार

लण्डन : विश्वकपको उपाधि दाबेदार भारतले अभ्यास खेलमा लजास्पद पराजय हार व्यहोरेको छ । शनिबार भएको पहिलो अभ्यास खेलमा न्यूजिल्याण्डसँग ६ विकेटको पराजय भोगेको हो । इङ्ल्याण्डको लण्डनमा भएको  खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको भारत ३९.२ ओभरमा सबै विकेट गुमाई १७९ रनमा समेटियो । १८० रनको लक्ष्य न्यूजिल्याण्डले ३७.१ ओभरमा ४ विकेग गुमाएर पूरा गर्‍यो ।

भारतविरुद्ध सहज जित हातपार्ने क्रममा न्यूजिल्याण्डका लागि रोस ट्रेलर र कप्तान केन विलियमसनले अर्धशतकीय पारी खेले । ट्रेलर ७१ र विलियमसनल ६७ रन बनाए । मार्टिन गुप्टिलले २२ र हेनरी निकोलसले १५ रनको योगदान दिए । भारतका लागि जसप्रिट बुमराह, कुलदीप यादव, रवीन्द्र जडेजा, हार्दिक पाण्डेय र चहलले १–१ विकेट लिए ।

भारतलाई कम स्कोरमै रोक्ने क्रममा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ४ र जेम्स निशमले ३ विकेट लिए । ओपनरद्वय रोहित शर्मा र शिखर धावनलाई २–२ रनमा गुमाएको भारतीय टोलीका लागि सुरुवाती क्रमका कुनै ब्याट्सम्यानले गतिलो स्कोर  बनाउन सकेनन् । कप्तान विराट कोहलीले १८ रनको योगदान गरे । धोनी १७ रनमा आउट भए । रविन्द्र जडेजाले ५४ र हार्दिक पाण्डेयले ३० रन बनाए ।
विश्वकप अघिको कमजोर प्रदर्शनले उपाधि दाबेदार मध्येको एक प्रमुख टोली भारतलाई झड्का लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार