• होमपेज
  • समाचार
  • आफ्नै आमाले गरिन २२ महिने बालकको खुकुरीले घाँटी छिनाएर हत्या

आफ्नै आमाले गरिन २२ महिने बालकको खुकुरीले घाँटी छिनाएर हत्या

  • मङ्लबार, जेष्ठ १४, २०७६
आफ्नै आमाले गरिन २२ महिने बालकको खुकुरीले घाँटी छिनाएर हत्या

भोजपुर  भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन् ।

२५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् । रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो ।

लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम वाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताएका छन ।

प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार