• होमपेज
  • देश/प्रदेश
  • दृष्टिविहिन क्रिकेट संघ कञ्चनपुरको अध्यक्षमा अकवर

दृष्टिविहिन क्रिकेट संघ कञ्चनपुरको अध्यक्षमा अकवर

  • मङ्लबार, जेष्ठ १४, २०७६
दृष्टिविहिन क्रिकेट संघ कञ्चनपुरको अध्यक्षमा अकवर

महेन्द्रनगर । दृष्टिविहिन क्रिकेट सघ कञ्चनपुरको अध्यक्षमा अकवर जोशी चयन भएका छन् । संस्थाको आईतवार सम्पन्न तेस्रो अधिवेशनवाट अध्यक्षमा जोशीसहित नौ सदसीय कार्यसमिति चयन भएको हो ।

यसअघि कञ्चनपुर जिल्ला समन्वय समितिका उपाध्यक्ष सानू बुडथापाले अधिवेशनको उद्घाटन गर्दै दृष्टिविहिन अपाङताको क्षमताको प्रशंसा गरे । उनले अगामी दिन स्थानीय श्रोत सधान उपलब्ध गराउन समन्वय समितिले आफ्नो भुमिका निर्वाह गर्ने बचनबद्धता पनि गरे ।

संस्थाले उत्पादन गरेका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा उत्कृष्ठ खेल प्रदर्शन गरिसकेको जानकारी दिंदै संस्थाका संस्थापक तथा विशिष्ठ अतिथि वलराम पन्तले अपाङ्गता भएका व्यक्तिहरुको खेलकुद क्षेत्रमा स्थापना कालदेखि महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।

राष्ट्रिय अपाङ महासघ सुदूरपश्चिम क्षेत्रिय पुर्व संयोजक जीवन भट्ट , राष्ट्रिय दृष्टिविहिन संघ कञ्चनपुर अध्यक्ष हरिश नेपालीले अधिवेशन सफलताको शुभकामना दिएका थिए । साथै अधिवेशनवाट संस्थाको विधान पहिलो पटक संशोधनसमेत गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार