• होमपेज
  • सुचना प्रबिधी
  • आज शोक बिदा दिने सरकारको निर्णय, सबै शैक्षिक संस्था बन्द

आज शोक बिदा दिने सरकारको निर्णय, सबै शैक्षिक संस्था बन्द

  • मङ्लबार, जेष्ठ १४, २०७६
आज शोक बिदा दिने सरकारको निर्णय, सबै शैक्षिक संस्था बन्द

काठमाडौं – देशभरको ध्यान तान्ने गरी भएको पाँचथर हत्याकाण्डको शोकमा स्थानीय सरकार मिक्लाजुङ गाउँपालिकाले आज मंगलबार शोक बिदा दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले जेठ ६ गते मिक्लाजुङ–३ आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए । हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ वर्षीया युहाना, १० वर्षीया मुना, आशिका र आठ वर्षीया इक्सा स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार