• होमपेज
  • समाचार
  • तीन टेलिभिजन बन्द, रोजगारी गुम्यो

तीन टेलिभिजन बन्द, रोजगारी गुम्यो

  • मङ्लबार, जेष्ठ १४, २०७६
तीन टेलिभिजन बन्द, रोजगारी गुम्यो

जिल्लामा सञ्चालनमा रहेका तीन केबल टेलिभिजन बन्द भएका छन् । पाल्पा जिल्लामा केबलमा आधारित श्रीनगर, सुर्योदय र पाल्पा टेलिभिजन बन्द भएका हुन् ।
प्रक्रिया नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालयको अनुरोधमा टेलिभिजनहरु बन्द भएका हुन् । टेलिभिजनहरुले भने मन्त्रालयले नविकरण गर्न वा नयाँ दर्ता गर्न नदिँदा समस्या भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी हुम पाण्डेले टेलिभिजनहरुले आँफैले कानूनी अधिकार नभएको भन्दै बन्द गर्छौं भनेर बन्द भएको बताए । उनी भन्छन्, ‘मिडियाहरुको सम्बन्धमा गुनासो आयो । छलफलमा बोलाएका थियो । कसरी सञ्चालनमा छ भनेर सोध्यौं । उहाँहरुले आँफै कानूनी अधिकार नभएको भन्नुभयो । प्रमाण नभएको भन्दै टेलिभिजनका आँफैले बन्द गरेर प्रशासनलाई सहयोग गर्छौ भनेर भन्नुभयो त्यही अनुसार बन्द भएका हुन् ।’
सुर्योदय टेलिभिजनका निर्देशक सन्तोष बस्यालले नविकरण नहुँदा चलाउन पाउनुपर्छ भन्ने होईन, दर्ता वा नविकरण गरि सरकारले चलाउने वातावरण मिलाउनुपर्यो । ‘हाम्रो टेलिभिजनको नविकरण नभएको नै कुरा हो । देशभरमा ४० भन्दा बढी यस्ता टेलिभिजनहरु छन् । वैशाषसम्म मुद्दा थियो । सर्वोच्चले निर्णय पनि दिएन । नविकरण नभएपछि समाचारहरु बजाईएको थिएन । देशभरमा चलिरहेका छन् । यहाँका केही साथिहरुलाई चित्त बुझेको थिएन, बस्यालले भने, टेलिभिजनका कार्यरत १३ जनाको रोजगारी खोसिएको छ । केही भाईबैनी रोईरहेका छन् । व्यक्तिगत फाईदाका केही व्यक्तिले प्रशासनलाई केही कुरा लगाउँदा समस्या भयो। नविकरण नहुँदाचलाउन पाउनुपर्छ भन्ने माग पनि होईन हाम्रो ।’
श्रीनगर टेलिभिजनका स्टेशन म्यानेजर बिष्णु प्रसाद घिमिरेले पटकपटक विधान परिवर्तन हुँदा नविकरण हुन नसकेका टेलिभिजन बन्द भएको बताए । उनी भन्छन्, ‘हामीले तीन पटक लाईसेन्स लिएका छौं । २०७० मा दोस्रो लाईसेन्स लियौं । त्यसभन्दा अगाडी २ पटक लिईसकेको थियो । पहिला केबलमा आधारित टेलिभिजन थियो जुन १ लाखमा दर्ता गरियो । पछि अरु जिल्लामा पनि देखाउन पाईने गरि ७ लाख तिरेर अर्को लाईसेन्स लियौं । फेरी केबलमा आधारित फेरी चलाउन पाईने भनेर ७ लाख किन तिर्ने भनेर १ लाखमा दर्ता गरियो । फेरी मन्त्रिपरिषद्ले सबैलाई राष्ट्रिय टेलिभिजनका रुपमा लैजान र त्यसैको मूल्य १० लाख भन्यो । तत्कालिन सञ्चार मन्त्रालयले तपाईहरुको लाईसेन्स १ लाखको हो अब ९ लाख रुपैयाँ थप्न भन्यो । हाम्रो माग एकपटक लाईसेन्स दिईसकेपछि पैसा पुगेन थप्न आउन भन्न पाईदैन भनेर सर्वोच्च अदालतमा देशभर ४० वटा केबल टेलिभिजनहरुले मुद्दा हालियो । फैसला भएन । वकिल पेशी नजाँदा मुद्दा टुङ्गियो । मुद्दा हालेको समयमा नविकरण गर्न पाईएन । जब मुद्दा सकिएको जानकारी आयो यता नविकरण म्याद पनि सकियो । अन्यौलका बिच हामी छौं न नयाँ लाईसेन्स दिन्छ न नविकरण गर्न दिन्छ हामी समस्यामा पर्यौं ।’ म्यानेजर घिमिरेले भने आईतबार जिल्ला प्रशासनबाट फोन आयो । हामी तत्काल जिल्ला प्रशासनमा गयौं । हामी पुग्दा पत्रकार महासंघका अध्यक्ष सहितको छलफल सुरु भयो । दुई वर्षसम्म नविकरण नभएपछि तपाईहरुको स्वतहः लाईसेन्स रद्द भयो भन्दै चलाउनु हुँदैन भनियो । हाम्रो समस्या नियमनमात्र गर्ने हो अरु समस्या थाहा भएन भन्दै चलाउन कुनै पनि हालतमा पाउनुहुन्न भन्दै हामीलाई बन्द गर्न लगाउनुभएको हो । उनले मन्त्रालयले नविकरण गर्न वा नयाँ दर्ता गर्न दिनुपर्ने बताए । टेलिभिजनको वैधानिकता हाम्रो कारणले रोकिएको होईन । मुद्दा हालेको समयमा नविकरण गर्न भएन भनियो जताततैबाट बाटो बन्द गरिनुभएन, उनले भने, अहिले चार जनाको रोजगारी गुमेको छ ।
पाल्पा टेलिभिजनका प्रमुख दिपक विश्वकर्माले आईतबारबाट टेलिभिजन बन्द गरिएको बताए । उनी भन्छन्, ‘नविकरणमा समस्या थियो, प्रशासनबाट आदेश आएर बन्द गर्यौं । हामी ३ जना कार्यरत थियौं ।’
स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराईले फेसबुकमा लेख्छन्, हिजो साँझ ६ बजेदेखि पाल्पा जिल्लास्थित स्थानीय टेलिभिजन बन्द हुँदा दुःख लागेको छ । एकाएक टेलिभिजन बन्दहुँदा सरोकारवाला निकाय र सञ्चारसम्बद्ध प्रतिनिधिमूलक संस्थाको गम्भिर ध्यान जानु आवश्यक छ । सरोकारवालाले यसलाई विशेष परामर्श गरी सञ्चालन विधिलाई सहज बनाउने प्रक्रियामा भुमिका निर्वाह गरोस् । अरुका विकृति औंल्याउने सञ्चारमाध्यमले आफ्नो सञ्चारमाध्यमलाई नियमसंगत सञ्चालन गरी आम जनतालाई सूचना प्रवाह गर्ने कार्यमा छिट्टै अगाडि बढुन् भन्ने आशा व्यक्त गर्दछौं ।
पाल्पामा केबलमा आधारित तीनवटामात्र टेलिभिजन थिए । जसले स्थानीय गतिविधि, अन्तरर्वार्ता र सांगितिक कार्यक्रम प्रशारण गर्ने गथ्र्ये ।

चर्चामा

सम्बन्धित समाचार